कति कैदीबन्दीले पाए कोरोनाविरुद्धको खोप ?
काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९)बाट थिलिथिलोमा परेको नेपालसहितका सबैजसो राष्ट्रहरु उकासिन थालेका छन् ।
कोरोना नियन्त्रणका लागि नेपालमा निषेधाज्ञा आदेश जारी गरिएको थियो । निषेधाज्ञाले देशको आर्थिक अर्थतन्त्रसहित आम नागरिकको जीवन कष्टकर भएको थियो । चिकित्सकहरुका अनुसार कोरोना नियन्त्रणको एउटै उपाए कोरोनाविरुद्धको खोप हो ।
चिकित्सकहरुको दाबी अनुसार देशभर कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम निरन्तर चाली रहेको छ । देशका विभिन्न निकाय र तह–तप्काका व्यक्तिहरुले कोरोनाविरुद्धको खोप लगाई रहेका छन् ।
१८ वर्षभन्दा बढी उमेर समुहका व्यक्तिहरुले कोरोना खोप लगाई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न स्वास्थ्य केन्द्र, पालिका कार्यलय, वडा कार्यालय, अस्पताल लगायतका क्षेत्रहरुलाई खोप केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाउने गरिएको छ ।
नेपालमा हालसम्म विभिन्न मुलुकबाट करिब ८७ लाख ८२ हजार मात्रा कोरोनाविरुद्धको खोप भित्रिएको छ । जसमध्ये ६० लाख खोप सरकारले खरिद गरेको छ । खरिद गरिएकामध्ये १० लाख खोप अझै आउँन बाँकी छ । यस्तै ३७ लाख ८२ हजार खोप अनुदानमा प्राप्त भएका छन् ।
नेपालमा कोभिसिल, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका खोपहरु नियमीत रुपमा दिइरहेको छ । देशका अधिकांस नागरीकले खोप लगाएका छन् भने लगाउने कार्यक्रम पनि चलिरहेको छ । तर महामारीमा जुधिरहेका विभिन्न कारागारका कैदीबन्दीहरुले खोप लगाए की लगाएनन् ? भन्ने जनसरोकारको विषय बनेको छ ।
२० हजार बढीले खोप लगाए
नेपालमा कोरोनाको पहिलो सकिए लगतै दास्रो लहरले सुरु भयो । दोस्रो लहर सकिन नपाउदै तेस्रो लहरसमेत प्रवेश गर्न लागेको स्वास्थ्यविज्ञले बताएका छन् । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञा आदेश खुकुलो गरिएसँगै तेस्रो लहर आउने स्वास्थ्यविज्ञले बताइ रहेका छन् । देशभर कोरोनाविरुद्धको खोप कार्यक्राम चलिरहेको छ । तर अपराध वा विभिन्न मुद्धामा पक्राउ परेर अदालतको फैसलाबाट कारावास जिवन भोगीरहेका कैदीबन्दीहरुले खोप पाईरहेको छ त ? एउटा जिज्ञासाको विषय बनेको छ ।
देशका विभिन्न स्थानहरुमा रहेका कारागारहरुमा रहेका जम्मा कैदीबन्दीहरु मध्य २० हजार ४ सय ४३ जनाले पहिलो चरणको खोप लगाएका छन् । १९ हजार ९ सय १० जनाले दुवै डोज खोप लगाएका छन् । यस्तै ५ सय ३३ जनाले दोस्रो चरणको खोप लगाउन बाकीँ छ ।
२४ हजार ४ सय २९ जना कैदीबन्दी मध्ये २० हजार ४ सय ४३ जनाले पहिलो चरणको खोप लगाएका छन् । १९ हजार ९ सय १० जनाले दुवै डोज खोप लगाएका छन् भने ५ सय ३३ जनाले दोस्रो चरणको खोप लगाउन बाकीँ रहेको कारागार व्यवस्थापन विभागका बन्दी व्यवस्थापन शाखाका शाखा अधिकृत सन्तोष लामीछानेले मेरोन्युजलाई जानकारी दिए । उनले भने, ‘जेठसम्म देशभर १३ हजार ४ सय ६४ कैदी र १० हजार ९ सय ६५ गरी जम्मा २४ हजार ४ सय २९ जना कैदीबन्दीहरु छन्, उनिहरुमध्य ५ सय ३३ जनाले दोस्रो चरणको लगाउन बाकीँ छ ।’
कैदीबन्दीहरुले कुन खोप लगाउछन् ?
कैदीबन्दीहरुले भारतबाट ल्याईएको कोभिसिल र चाईनाबाट ल्याईएको भेरोसेल खोप लगाउँदै आएको कारागार व्यवस्थापन विभागका बन्दी व्यवस्थापन शाखाका शाखाअधिकृत लामिछानेले बताए । ‘अहिले कोभिसिल र भेरोसेल मात्रै लगाएका छौं । जोनसोन एण्ड जोनसोन लगाउने कुरो पनि छ, सहज रुपमा नै लाउने गरेका छौं । सरकारको सहयोगमा नै अनुदानमा आएको खोपको कैदीबन्दीहरुले उचित रुपमा सदुपयोग गरेका छौँ ।’
कसरी लगाउछन् खोप ?
देशभर ७४ कारागारहरु छन् । ७४ कारागार मध्येका ३ कारागारमा कैदीबन्दी छैनन् भने ७१ कारागारमा २४ हजार ४ सय २९ जना कैदीबन्दीहरु छन् । उक्त कैदीबन्दीहरुलाई कारागार भित्रै राखेर कोरोनाविरुद्धको खोप लगाउने गरेको लामिछानेले बताए ।
महामारीकै बिच सरकारले २० हजारभन्दा बढी कैदीबन्दीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराई सकेको छ । तर उनिहरुले कसरी खोपलगाउछन् ? भन्ने मेरोन्युजको प्रश्नमा लामीछानेले भने, ‘हामीले देशभरका कारागारहरुमा खोप कार्यक्रम लागु गरेका छौँ । कारागार भित्रकै स्वास्थ्य ईकाईहरुले कैदीबन्दीहरुलाई खोप लगाउने गरेको छ । कारागार रहेको जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर खोप लगाउने गरेका छांै । खोप लगाउनको लागि जबरजस्ती गर्दैनौ, ईच्छा अनुसार खोप लगाउने गरेका छौँ ।’
विदेशी कैदीबन्दीले खोप पाउँछन् ?
नेपालका कारागारमा स्वादेशी मात्र कैदीबन्दीहरु छैनन्, विदेशी नागरीकहरु समेत छन् । नेपालमा मुलतः भारत, भुटान, पाकिस्तान, बंगलादेश, अस्टे«लिया लगायतका विश्वका विभिन्न राष्ट्रका कैदीबन्दीहरु रहेको पाईन्छ । विदेशी नागरीकहरुले खोप लगाउन पाउँछन् की पाउँदैनन् ? प्रश्नमा कारागार व्यवस्थापन विभागका बन्दी व्यवस्थापन शाखाका शाखा अधिकृत लामीछानेले थपे, ‘स्वदेशी होस् या विदेशी सबैलाई कुनै भेदभाव विना नै हामीले खोप वितरण गरेका छौ, जहाँसम्म कुरो छ हामीले कारागारमा रहेको सबै जसो कैदीबन्दीहरलाई खोप वितरण गराएका छौ, ईच्छा अनुसार लगाउने प्रचलन छ, जबरजस्ती तैले लगाउनै पर्छ र तैले लगाउनु हुन्न भन्ने छैन तर कैदीबन्दीको स्वास्थ्य अवस्थालाई हेरेर सबैलाई खोप वितरण गरेका छौँ ।’
कोरोनाको महामारीबाट ०७८ वैशाख मसान्तसम्म ७२ जना कैदीमा कोरोना पुष्टि भएको थियो । जिल्ला कारागार ईलाममा १ जना कैदीबन्दीको मृत्यु भएको थियो । हाल सबै कैदीबन्दीहरु कोरोना मुक्त रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया