अभिनेता आर्यन ३७ वर्षमा प्रवेश

काठमाडौं । अभिनेता आर्यन सिग्देल ३७ वर्ष पुगेका छन् । बिहीबार ३७ वर्ष गुगेको उनले जानकारी गराएका छन् । २०४१ साल साउन २१ गते काठमाडौंको थानकोटमा जन्मिएका उनको नागरिकतामा भने जन्म मिति साउन ५ गते उल्लेख छ ।
उनको न्वारनको नाम हरिश हो । चलचित्रमा प्रवेश गरेपछि उनले नाम परिवर्तन गरेर आर्यन राखेका हुन् । चलचित्रमा उनलाई यही नाम फाप्यो । दर्शकले उनलाई चकलेटी हिरोको रुपमा चिन्ने गरेका छन् ।
आर्यन चलचित्रमा आउनुभन्दा अगाडि एक्सन चलचित्र अत्याधिक बन्थे । लभस्टोरी चलचित्र बनाउन निर्माताले खासै जोखिम उठाउँदैन थिए । जसले गर्दा एकै शैलीका चलचित्रले दर्शक समेत आजित थिए । जब चलचित्र ‘किस्मत’ बाट आर्यनले नायकको रुपमा डेब्यू गरे, त्यसपछि एक्सन चलचित्रको यूग लगभग सकियो । उनको प्रवेशसँगै लभस्टोरी चलचित्र बढी निर्माण भएका छन् ।
डेब्यू चलचित्रबाटै स्टारको रुपमा उदाएका आर्यनले त्यसपछि डेढ दशक करिअर पछाडि फर्केर हेर्नु परेन । लभस्टोरी चलचित्रमा निर्विकल्प भए । उनको नामैले चलचित्र चल्छ । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु महिनौंसम्म कुर्थे । जति पारिश्रमिक मागे पनि निर्माताले मोलमोलाइ गर्दैन थिए । त्यसबेला उनलाई ‘नम्बर वान नायक’ भनियो ।
चलचित्र ‘मेरो एउटा साथी छ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनले आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्किएर पनि केही चलचित्रमा काम गरेका छन् । तर, दर्शकले उनलाई हरर, कमेडी, एक्सनभन्दा लभस्टोरी चलचित्रमै बढी रुचाए । ‘कसले चो¥यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ लगायत उनी अभिनीत चलचित्र चर्चामा आए ।
एक समय लगातार सफल चलचित्र दिएका आर्यन केही वर्षयता भने एउटा हिट चलचित्रको पखाईमा छन् । आफ्नो खस्किँदो स्टारडम उकास्न उनले अभिनेत्री रेखा थापासँँगको दुश्मनी भुलेर चलचित्र ‘रुद्रप्रिया’ मा एकसाथ काम गरे । आफ्नै लगानीमा चलचित्र ‘कायरा’ बनाए । भिन्न भूमिकामा चलचित्र ‘हजार जुनीसम्म’ मा अभिनय गरे । तर, उनलाई कसै गरी पनि सफलता मिल्न सकेको छैन ।
चलचित्र ‘च च हुईं’ पछि पर्दामा नदेखिएका उनले निषेधाज्ञाभन्दा अगाडि चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकन सकेका थिए । लगत्तै कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिरर’ मा काम गर्ने तयारीमा थिए । तर, कोरोना भाइरसका कारण चलचित्रको छायांकन सुरु हुन सकेन । उनी ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटासँग पनि एक चलचित्रमा काम गर्दैछन् ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया