मंगलबार, चैत ३, २०८२

सत्तारुढ दलको कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

मेरोन्यूज २०७८ साउन २२ गते १२:२७

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम बुझाएको छ । कार्यदलले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव लगाएतका शिर्ष नेताहरुलाई साझा कार्यक्रम बुझाएको हो । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल कार्यदलमा रहेका छन् ।

उक्त कार्यक्रमहरु नेताहरुले अध्ययन गरेर सार्वजनिक गर्ने जनाइएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले सरकारका साझा कार्यक्रममा तयार पारेको थियो । कार्यक्रममा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख गरेको छ ।

यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने, संविधान संशोधन, नागरिकताको समस्या समाधान, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने, झुठा मुद्दा फिर्ता लिने, समानुपातिक समावेशी लगाएतका विषय सरकारको न्युनतम साझा कार्यक्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया