सोमबार, वैशाख ७, २०८३

रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु

मेरोन्यूज २०८२ चैत ३ गते १२:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा दुईदिने अभिमुखीकरण शुभारम्भ गरिएकाे छ । रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका हुन् ।

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया