कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई अस्ट्राजेनेका लगाउने तयारी

काठमाडौं । सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउने भएको छ । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाले जापान र भुटानले उपलब्ध गराएकोे खोप एस्ट्राजेनका लगाउने तयारी गरेको छ ।
शाखा प्रमुख डा।झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।
उनले भने,‘आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम चलिरहेको छ,यो अभियान सकिने बित्तिकै हामी कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गर्छौ ।’
अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप गत चैतमा १३ लाख ३८ हजार जेष्ठ नागरिकलाई लगाइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरीदको खोप उपलब्ध नगराएकाले उनीहरुलाई अस्ट्राजेनेका खोप लगाउने निणर्य गरेको थियो। भुटानले दिएको ३ लाख डोज अस्ट्राजेनेका खोप आजै विहान नेपाल आइसकेको छ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया