गलत प्रथाविरुद्ध जाग्दै किशोरी

टीकापुर । कैलालीको जानकी गाउँपालिकाका किशोरीहरु समुदायमा गलत अभ्यासमा रहेका प्रथाविरुद्ध जागरुक भएका छन् । किशोरीले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह, बहुविवाह, छाउपडी जस्ता प्रथाको विरोध गर्न थालेका छन् ।
किशोरीले विरोध मात्र होइन, बालविवाह बदर गराउने, छाउगोठ भएका घरमा सम्झाउने, गोठ भत्काउने र समुदायमा जनचेतना जगाउने काम गरिरहेका छन् ।
जानकी–३, ७ र ६ वडामा किशोरी समूह गठन गरी उनीहरुले हरेक महिना बैठक बसी समुदायका समस्या पहिचान गर्ने गर्दछन् । किशोरी समूहमा बसेर काम गर्न थालेपछि उनीहरुको नेतृत्व विकास हुनुका साथै उनीहरूले समुदायका हरेक काममा निगरानी राख्न थालेका छन् ।
जानकी–७ की माया विक दुई वर्षअघि किशोरी समूहमा आबद्ध भएको हो। कैलालीमा कार्यरत दलित महिला अधिकार मञ्चले समूह गठनमा सघाएपछि समूहमा आबद्ध भएकी माया हाल समुदायकै अभियानकर्मीका रूपमा अघि बढेको छ । “हाम्रो सिर्जनशील किशोरी समूहमा ३० किशोरी छौँ, मजस्तै ३० किशोरी मिलेर आफ्ना समस्याबारे छलफल गर्छौँ, हामी गाउँमा सचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम गर्न थालेका छौँ”, मायाले भनिन्, “हामी किशोरीमा देखिने परिवर्तन, समाज विकासमा किशोरीको भूमिकाबारे पनि छलफल र काम गर्न थालेका छौँ । हाम्रो पहिलो प्राथमिकता बालविवाह रोक्ने हो । हामीले बालविवाह र छाउपडी प्रथा समुदायबाट हटाउने अभियान लिएका छौँ ।”
जानकी–३ की रञ्जना चौधरी पनि प्रतिज्ञा किशोरी समूहमार्फत बालविवाह न्यूनीकरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । “शुरुमा हामीले समूहमा बालविवाहका असर, यसले निम्त्याउने समस्याबारे छलफल ग¥यौँ, हाल हामी सबै बालविवाहका हानिबारे जानकारी दिनसक्ने भएका छौँ”, प्रतिज्ञाले भनीन्, “अब हाम्रो समुदायमा बालविवाह हुन दिन्नौँ, हामीले हरेक विद्यालयमा गएर बालबालिका र टोलटोलमा अभिभावकलाई सचेत गराउन थालेका छौँ ।”
जानकी–६ की सुमित्रा विश्वकर्मा किशोरी समूहमा बसेपछि समुदायमा परिवर्तन गर्न सफल भएको बताउछिन् । अहिले बालविवाह, छाउपडी प्रथा अन्त्य गर्न सरोकारवालासँग छलफल चलाउने गरेको सुमित्राले बताए । “पहिले म पनि छाउगोठमा बस्थेँ, मजस्तै मेरा साथी, अन्य महिला छाउगोठमा बसेको देखेकी छु”, सुमित्राले भनिन्, “हाल म घरमै बस्छु, मेरो छिमेकमा भएका सबै गोठ भत्काइयो, सबैलाई सम्झायौँ, हाल सबैजना घरभित्रै सुरक्षित तवरले बस्न थाल्नुभएको छ ।”
किशोरीहरुको क्षमता विकास, सशक्तीकरणका लागि दलित महिला अधिकार मञ्च र गाउँपालिकाले पनि सघाइरहेको छ । पालिकामा बालविवाह न्यूनीकरणमा किशोरीको भूमिका, किशोरी र जनप्रितिनिधिबीच अन्तक्र्रिया, किशोरी र अभिभावकबीच छलफल र आत्मरक्षा तालिमलगायतका कार्यक्रम भइरहेका छन् ।
किशोरी सचेत भएपछि यस वर्ष पालिकामा किशोरीहरूले क्षमता विकासका लागि छुट्टै बजेटको माग गरेका छन् । उनीहरुले गाउँसभामार्फत किशोरीका लागि बजेटको व्यवस्था गर्न ज्ञापनपत्र बुझाए । “पहिलोपटक किशोरीको समूह आएर बजेट माग्यो, किशोरी जागरुक भएको देखेर म असाध्यै खुशी भएँ”, गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भभने, “किशोरी जागरुक हुनु भनेको समाज सचेत हुनु हो । हामीले चाहेकै परिवर्तन यही हो ।” रासस

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया