टोकियो ओलम्पिक : फ्याँकिएको सामाग्रीबाट ३२ किलो सुनसहित धातु संकलन

गत जुलाई २३ गतेदेखि शुरु भएको जपानको टोकियोमा जारी ग्रीष्म कालीन ओलम्पिक २०२० आइतबार सकिदै छ । ओलम्पिकमा ३३ प्रकारको खेलमार्फत ३ सय ३९ खेल छन् । जसमा बिजयी हुनेले स्वर्ण, रजत र कास्य पदक पाउँछन् ।
विजयीले पाउने नगदसँगै पदकको ठूलो महत्व हुन्छ । यस्तो प्रतियोगितामा प्राप्त पदकको सम्झनाका लागि केही खेलाडीले विभिन्न संग्रालयमा दिनुका साथै बिक्री गरेको पाइन्छ ।
यसपटक जापानमा भइरहेको खेलका लागि पुराना, खेर गएका विद्युतीय सामाग्री, फोनहरू र ल्यापटप रिसाइकल गरेर पदकहरू बनाइएको छ । जसमा स्वर्ण, रजत र कांस्य पदकहरू सोही सामाग्रीबाट बनाइएको थियो ।
जापान सरकारले ३ वर्षदेखि अर्थात् सन् २०१७ अप्रिलमा ‘टोकियो २०२० मेडल प्रोजेक्ट’को घोषणा गरी विशेष अभियान चलाएको थियो । जसका लागि जापानका नागरिकलाई खेर गएका, घरमा धन्किएका र प्रयोग नभएका स्मार्ट फोन तथा ल्यापटपहरू प्रदान गर्न आह्वान गर्यो ।
जापान सररकारको यो अभियानमा जापानिज नागरिक सरिक भई लाखौँ जनताले आफूले प्रयोग गरेर फालेको विद्युतीय सामाग्री दिएका थिए । अभियानमा राष्ट्रिय सरकार, स्थानीय पालिकाहरु, विभिन्न कम्पनीहरु, विद्यालय र स्थानीय समूदायको सक्रितापूर्वक सहभागिता थियो ।
अभियान सुरु गर्दा यस प्रोजेक्टको बोर्डमा ६ सय नगरपालिका थिए । सन् २०१९ को मार्चमा जब यो अभियान अन्ततिर गइरहेको थियो । त्यसबेलासम्म १ हजार ६ सय नगरपालिकाले सहभागी जनाएको थियो । यस अभियानमा ती विद्युतीय सामग्रीको संकलन गर्न सजिलो होस् भनेर विभिन्न ठाउँमा संकलन केन्द्र राखिएको थियो ।

यस अभियानबाट झण्डै ८० टन पुराना मोबाइल र ल्यापटक संकलन भएका थिए । यस अभियानमा जापानिज फोन अपरेटरहरुले ६२ लाख फोनहरु संकलन गरेका थिए । यो ठूलो मात्राको विद्युतीय सामाग्रीलाई रिसाइकल गरियो । त्यसबाट मेटल निकालियो । यसबाट ७० पाउण्ड (३२ किलो) सुन, ७ हजार ७०० पाउण्ड (३४९२ किलो) चाँदी र ४ हजार ८५० पाउण्ड (२१९९ किलो) काँस निकालिएको थियो । जसबाफत संसारभरकाले जापानले उदाहरण्ीाय काम गरेको भन्दै प्रशंसा पाएको छ ।
जापान नै यस्तो देश हो जसले पहिलोपटक खेर गएका विद्युतीय सामग्रीबाट ओलम्पिक मेडल बनाएको छ । यो विश्वको लागि नयाँ कन्सेप्ट हो । हुन त यसअघिको ओलम्पिकमा खेर गएका विद्युतीय सामग्री प्रयोग नभएको होइन । तर, जापानमा जस्तो व्यापक रुपमा भएको थिएन ।
सन् २०१६ ब्राजिलमा भएको ओलम्पिकमा प्रयोग भएको स्वर्ण र रजतमा ३० प्रतिशत खेर गएका कारका पार्टपुर्जा र ऐना रिसाइकल गरेर निकालिएको थियो । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा सामाजिक परिवर्तन र वातावरण संरक्षणको मुख्य थिम राखिएको छ । उक्त ओलम्पिकले पनि जापानबाट केही पाठ सिकाउने विश्वास गरिएको छ ।
पछिल्लो समयमा विद्युतीय सामग्रीको फोहर समस्याको रुपमा बढ्दै गएको छ । जापानले गरेको यो काम धेरैको लागि ‘अनुसन्धानको माध्यम बन्न सक्ने आकांक्षा गरिएको छ ।
(मेरोन्यूजकर्मीका किरण अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था इन्साइडर डटकमबाट अनुवादन गरेका हुन्)










एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
दरबारमार्गमा जलरङ माध्यममा नयाँ प्रयोग
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
झापामा सवारी दुर्घटनामा परी ४ महिनामा १७ जनाको मृत्यु
लुटपाटमा संलग्नहरुको नाम र ठेगाना उपलब्ध गराउन कास्की प्रहरीको आग्रह
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया