मेसीले पत्रकार सम्मेलन गर्दै, बार्सिलोना छाडेको घोषणा गर्ने

काठमाडौँ । चर्चित फुटबल खेलाडी लियोलन मेसीले बार्सिलोनासँगको यात्रा टुंग्याएसँगै पत्रकार सम्मेलन गर्ने भएका छन् । २१ वर्ष लामो बार्सिलोनामा बसेका उनले पत्रकार सम्मेलन गरी जानकारी दिने भएका हुन् ।
बार्सिलोनाले यसअघि नै मेसी क्लबबाट निस्किँदै गरेको घोषणा गरेको थियो । बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘३४ वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उहाँको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनु हुनेछ । उहाँको क्लबबाट विदाई घोषणा भएदेखि यी उहाँका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् ।’
सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर)का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पिएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।
मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।


















काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया