मेसीले पत्रकार सम्मेलन गर्दै, बार्सिलोना छाडेको घोषणा गर्ने

काठमाडौँ । चर्चित फुटबल खेलाडी लियोलन मेसीले बार्सिलोनासँगको यात्रा टुंग्याएसँगै पत्रकार सम्मेलन गर्ने भएका छन् । २१ वर्ष लामो बार्सिलोनामा बसेका उनले पत्रकार सम्मेलन गरी जानकारी दिने भएका हुन् ।
बार्सिलोनाले यसअघि नै मेसी क्लबबाट निस्किँदै गरेको घोषणा गरेको थियो । बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘३४ वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उहाँको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनु हुनेछ । उहाँको क्लबबाट विदाई घोषणा भएदेखि यी उहाँका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् ।’
सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर)का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पिएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।
मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।













सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया