अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा

पकिस्तानको इस्लामाबादमा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सहमतिबिना टुंगिए पनि, दुवै पक्षबीचको संवाद जारी रहेको खुलेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्स र एपीले वार्ताका लागि पहल भइरहेको र बिहीबार वार्ता हुने सम्भावना रहेको जनाएका छन्। विशेषगरी पाकिस्तान, टर्की, इजिप्टजस्ता देशहरूबाट मध्यस्थताको प्रयास जारी रहेको छ।
एपीले अमेरिकी अधिकारीहरू र कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै, दुवै पक्ष वार्ताको दोस्रो चरणतर्फ अघि बढ्न लागेको र बिहीबारसम्ममा वार्ता हुन सक्ने बताएको छ।
इस्लामाबाद बैठकपछि अमेरिका मध्यस्थकर्तासँग सम्पर्कमा रहेको छ । जहाँ पाकिस्तानले तेहरान र वासिङ्टनबीच सन्देश आदानप्रदान गरिरहेको रोयटर्सले मध्यपूर्वस्थित एक कूटनीतिज्ञ र वार्तामा संलग्न स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
इरानले सम्पर्क गरेर सम्झौता गर्न चाहेको ट्रम्पले बताएका कुरालाई उल्लेख गर्दै एक अमेरिकी अधिकारीले रोयटर्सलाई भने कि अमेरिका र इरानबीच निरन्तर संवाद भइरहेको छ र सहमति पुग्ने दिशामा प्रगति भइरहेको छ।
एपीले दुई अमेरिकी अधिकारी र एक जानकार व्यक्तिलाई उद्धृत गर्दै जनाएको छ कि दुवै पक्षले आगामी हप्ता सकिन लागेको युद्धविराम समाप्त हुनु अघि छ हप्तादेखिको युद्ध अन्त्य गर्ने उद्देश्यले नयाँ प्रत्यक्ष वार्ताको तयारी गरिरहेका छन्।
एक कूटनीतिज्ञका अनुसार, पुनः इस्लामाबादलाई नै वार्ताको स्थान बनाउने विषयमा छलफल भइरहेको छ। तर अमेरिकी अधिकारीहरूले जेनेभा पनि सम्भावित स्थान हुन सक्ने बताएका छन्। स्थान र समय निश्चित नभए पनि, वार्ता बिहीबार हुन सक्ने जनाइएको छ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया