त्रिशूली वांमय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन
मेरोन्यूज
२०७८ साउन २४ गते १५:३६

काठमाडौं । नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वांमय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि आरएम डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिष्ठानका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा श्यामराज पाठक, सचिवमा राजेन्द्र घिमिरे सागर र कोषाध्यक्षमा लक्ष्मी रूम्बा सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको सभाले सदस्यमा कृष्णकिसु न्यौपाने, पुरू लम्साल, सन्तोषी अधिकारी, भैरवी भूगोल, वैरागी जेठा, उत्तमविचार भेटुवाल, पुरू विमल, जया ओझा, प्रभाती किरण र जीतेन्द्रसिंह ठकुरीलाई चुनेको छ ।
विसं २०६६ मा स्थापित सो संस्थाले शारदीय कविगोष्ठी, साहित्यिक पर्यटन यात्रा आयोजना गर्नाका साथै ‘त्रिशूली त्रिवेणी’ साहित्यिक पत्रिकालगायत कृति प्रकाशन गर्दै आइरहेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया