बुधबार, फागुन २०, २०८२

स्थायी कमिटी बैठकमा ओली र वामदेव वाझावाझ

मेरोन्यूज २०७८ साउन २५ गते १८:५६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच पार्टीको स्थायी कमिटी बैठकमा वाझावाझ भएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालप्रति टिप्पणी गदै आरोपित गर्न थालेपछि उपाध्यक्ष गौतमले अध्यक्ष ओलीसँग वाझावाझ गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीको भदौं २६ देखि आयोजना हुन लागेको विद्यान महाधिवेशनमा पेश गर्ने विद्यानको संसोधित मस्यौदा अन्तिम रुप दिन बसेको स्थायी समितिमा अध्यक्ष ओलीले पार्टीभित्र अन्तरसंर्घष गरिरहेका माधव नेपाललाई लक्षित गर्दै आरोप लगाउन थालेपछि उपाध्यक्ष गौतमले विद्यानमै अध्यक्षलाई अरु नेतालाई गाली गर्ने अधिकार दिऔं भन्र्दै आपत्ति जनाएका थिए ।

स्थायी कमिटीमा ओलीसँग वाझावाझ गरेपछि दिउँसो ३ वजेबाट बोलाइएको केन्द्रीय कमिटि बैठकमा भने वामदेव सहभागी नै भईदिएनन ।

किन भयो झगडा ?

वामदेव गौतम कहिले कहिले ओलीले बोलाएको पार्टी बैठकमा सहभागी हुन्छन् । विद्यान संसोधनको छलफललका लागि सुझाव संकलन गर्ने क्रममा पनि उनले अध्यक्ष मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी निर्वाचित केन्द्रीय कमिटिले मनोनित गर्नुपर्ने ब्यवस्था गर्ने, वरिष्ठ नेताको पद नराख्ने, त्यसो गर्दा बहुकेन्द्र निर्माणको अवस्था जन्मिएको जस्ता सुझाव गौतमले यस अगाडी वोलाईएको सुझाव समेटन राखिएको बैठकमा राखेका थिए ।

गौतमका कतिपय सुझाव मस्यौदामा समेटिएका पनि थिए । तर सोमबार वबहान ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा वसेको स्थायी समिति बैठकमा भने ओलीले नेपालप्रति कटाक्ष गदै धारणा राखेका थिए । त्यसपछि भने गौतमले ओली विरुद्ध कटाक्ष शुरु गरेका थिए ।

गौतमले विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने भन्दै ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तरगत पनि थप केही बुँदाहरु थप्नुपर्ने बताएका थिए ।

‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ अध्यक्षलाई यो अधिकार दिने गरी विद्यानमा प्रस्ताव पनि गरौं भनेर ओलीप्रति आक्रोश ब्यक्त गरेका थिए ।

अहिले एमाले का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भनेर विधानमा व्यवस्था गर्नुप–यो’, गौतमले बैठकमा भनेको भनाई उदधृत गदै एक स्थायी कमिटि सदस्यले भने, –‘बोल्नुहुँदैन भने किन बोल्नुभयो रु यस्तो मनपरी गर्न पाइँदैन ।’

गौतमले पार्टीमा कसैले गल्ती ग–यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका थिए । वामदेवले यस्तो धारणा राख्दा स्थायी कमिटी बैठकस्थल सन्नाटा छाएको थियो ।

त्यसपछि उनी केन्द्रीय कमिटी बैठकमा बस्दै नबसी हिडेका थिए ।

प्रतिक्रिया