एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गरेका हुन् । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।
उक्त प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष आयोजना हुने भनिएको ईपीएलको कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता प्रदान गरेको छ ।
ईपीएलमा नेपालका उत्कृष्ट खेलाडीका साथै विदेशीले समेत भाग लिने आयोजकले जनाएको छ । काठमाडौँ किंग्स ११ ले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई तथा चितवन टाइगर्सले पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरिसकेको छ । सो प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत मान्यता प्रदान गरिसकेको आयोजकले जनाएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया