दुध उत्पादक किसानलाई १८ लाख रुपैयाँ अनुदान वितरण

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत १८ लाख रुपैयाँ वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए ।
सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले एक लाख १९ हजार रुपैयाँ अनुदान रकम प्राप्त गरेका छन् भने सबैभन्दा कम पाउनेले तीन हजार रुपैयाँ बुझेका छन् ।
सो सहकारीबाट वार्षिक १३ लाख लिटर दूध विक्री भएको थियो । “कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हौ, यस कार्यक्रमले यहाँका कृषक उत्साहित छन्,” उनले भने ।
सहकारीका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत् बन्दिपुरका अलवा आँबुखैरेनी र गोरखाको पालुङटारका कृषकले पनि दूध विक्री गर्दै आएको जानकारी दिए ।
गाउँपालिकाले बन्दिपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने ६१ कृषकलाई यसअगाडी एक लाख ६० हजार रुपैयाँ वितरण गरिसकेको छ ।
उक्त सहकारीमार्फत् दूध विक्री गर्नेले पाँच हजारदेखि २६ हजारसम्म अनुदान रकम पाएका छन् । उक्त सहकारीमार्फत् व्यास र भानुका कृषकले पनि दूध बिक्री गर्दै आएका छन् ।
उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाउनुभएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताए ।
“गाईपालनमा ठूलो लगानी गरेका छौ, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ,” उनले भने ।
याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताए । “कृषकलाई प्रोत्साहन गर्न र अन्यलाई यसतर्फ आकर्षित गर्न गाउँपालिकाले ल्याएको योजना सकारात्मक छ, अनुदानको रकम अझ वृद्धि गर्नुपर्छ,” उनले भने ।
बन्दिपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ ।
पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया