जितु र साम्राज्ञीको जोडी चलचित्रमा देख्न पाइने

काठमाडौं । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई पहिलो पटक एकसाथ चलचित्रमा हेर्न पाइने भएको छ ।
चलचित्र ‘ड्रिम्स’ का निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । नाम गोप्य राखिएको चलचित्रमा उनीहरु जोडीको रुपमा प्रस्तुत हुनेछन् । जितु र साम्राज्ञीसँग निर्माण टिमले हालै कागजी सम्झौता गरेको हो ।
आउँदो भदौ १५ गतेबाट छायांकन सुरु हुने चलचित्र कमेडी र लभस्टोरीमा निर्माण हुने बताइएको छ । काठमाडौं र पोखराको माथिल्लो भेगमा छायांकन हुने चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य भूमिका रहनेछ ।
चलचित्रमा उनले जितुको साथीको भूमिका निर्वाह गर्नेछन् । लामो समयदेखि लन्डनमा बस्दै आएका कपिलले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
उनले लन्डनमा नै केही सर्ट चलचित्रको निर्माण तथा निर्देशन गरेका छन् । करीब एक दर्जन म्यूजिक भिडियोको समेत निर्देशन गरिसकेका उनी पेशाले दन्त चिकित्सक हुन् ।
चलचित्र निर्माता तथा स्त्रीरोग विशेषज्ञ भोला रिजालका छोरा रहेका कपिल नेपाल आएपछि चलचित्रको घोषणा गरेर छायांकनमा निस्कने तयारीमा छन् । दर्शकलाई जितु र साम्राज्ञीको जोडी पर्दामा हेर्न रोचक हुने देखिन्छ ।












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया