जितु र साम्राज्ञीको जोडी चलचित्रमा देख्न पाइने

काठमाडौं । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई पहिलो पटक एकसाथ चलचित्रमा हेर्न पाइने भएको छ ।
चलचित्र ‘ड्रिम्स’ का निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । नाम गोप्य राखिएको चलचित्रमा उनीहरु जोडीको रुपमा प्रस्तुत हुनेछन् । जितु र साम्राज्ञीसँग निर्माण टिमले हालै कागजी सम्झौता गरेको हो ।
आउँदो भदौ १५ गतेबाट छायांकन सुरु हुने चलचित्र कमेडी र लभस्टोरीमा निर्माण हुने बताइएको छ । काठमाडौं र पोखराको माथिल्लो भेगमा छायांकन हुने चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य भूमिका रहनेछ ।
चलचित्रमा उनले जितुको साथीको भूमिका निर्वाह गर्नेछन् । लामो समयदेखि लन्डनमा बस्दै आएका कपिलले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
उनले लन्डनमा नै केही सर्ट चलचित्रको निर्माण तथा निर्देशन गरेका छन् । करीब एक दर्जन म्यूजिक भिडियोको समेत निर्देशन गरिसकेका उनी पेशाले दन्त चिकित्सक हुन् ।
चलचित्र निर्माता तथा स्त्रीरोग विशेषज्ञ भोला रिजालका छोरा रहेका कपिल नेपाल आएपछि चलचित्रको घोषणा गरेर छायांकनमा निस्कने तयारीमा छन् । दर्शकलाई जितु र साम्राज्ञीको जोडी पर्दामा हेर्न रोचक हुने देखिन्छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया