पाँच महिनापछि बेलायतमा कोरोनाबाट सबैभन्दा धेरै मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीमा शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरिएन्ट’को संक्रमण बेलायतमा पछिल्ला हप्तामा तीव्र गतिमा बढ्न थालेको छ ।
बेलायती अधिकारीले दिएको जानकारीअनुसार पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको छ । पछिल्लो २४ घण्टामा १४६ जनाको संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछि सबैभन्दा धेरै हो ।
उता अधिकारीले गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै २४ घण्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।
योसमेत गरी बेलायतमा अहिलेसम्म कोरोनाबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यस्तै, २४ घण्टामा २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।
योसहित अहिलेसम्म ६१ लाखभन्दा बढी संक्रमित भएका छन् । बेलायत सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया