पाँच महिनापछि बेलायतमा कोरोनाबाट सबैभन्दा धेरै मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीमा शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरिएन्ट’को संक्रमण बेलायतमा पछिल्ला हप्तामा तीव्र गतिमा बढ्न थालेको छ ।
बेलायती अधिकारीले दिएको जानकारीअनुसार पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको छ । पछिल्लो २४ घण्टामा १४६ जनाको संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछि सबैभन्दा धेरै हो ।
उता अधिकारीले गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै २४ घण्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।
योसमेत गरी बेलायतमा अहिलेसम्म कोरोनाबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यस्तै, २४ घण्टामा २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।
योसहित अहिलेसम्म ६१ लाखभन्दा बढी संक्रमित भएका छन् । बेलायत सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।










तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया