प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा गुरुङ

कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहेका ध्वजकुमार गुरुङ नियुक्त भएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए ।
स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उनि हाल पोखरा–१० मा बसोबास गर्दै आएको छ । यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उनलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।
नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहेका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हालेका थिए । उनका कप्तानीमा पाँचौं राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलले पुरुषतर्फ स्वर्ण पदक जितेको थियो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले नवलपुरको मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गर्दै वन क्षेत्रको चार दशमलव छ हेक्टर जग्गा प्राप्ति तथा रुख कटानका लागि सङ्घ सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकामा यही साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको मन्त्री खड्काले जानकारी दिए ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया