अन्तर्राष्ट्रिय युवा दिवस मनाईदै

विश्वभर आज अगष्ट १२ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । ‘ट्रान्सफर्मिङ फुड सिस्टमस् युथ इनोभेसन फर ह्युमन एण्ड प्लानेटरी हेल्थ’ (युवाको सिप, कौशलाई केन्द्रमा राख्दै खाद्धान्न प्रणालीको रुपान्तरण र पृथ्वीको स्वास्थ्य) कृषि व्यवसायीकरण कृषिमा युवाको सहभागिता दिनुपर्ने युवा दिवसको अवसरमा यो वर्षको मुख्य भाग रहेको छ
युवा जनशक्तिमा सकारात्मक सोचमा लैजान विश्वभर युवा दिवस मनाउने गरिन्छ । कोरोनाका कारण यो वर्ष प्रत्यक्ष नभई भच्र्योल माध्यमद्धार युवा दिवस मनाउन लागिएको छ । सरकारसँग मिलेर नेपालमा युवा दिवस मनाउनुपर्छ भन्ने अभियानमा लागेको युथ इनिसियटिभ नामक सस्थाले कृषिमा युवाको सहभागिता विषयमा कुरा गर्दै आएको छ । इनियसिटिभले युवाको विकासका लागि युवाको सहभागितालाई जोड दिन लागेको जनाएको छ ।
युवामा आउने शारिरीक, मानसिकसँगै आर्थिक समस्या न्युनिकरणमा घर, परिवार, साथिसँग खुलेर आफ्नो कुरा राखे सहजपन हुने युथ इनिसिएटिभको जोड छ ।
यसवर्ष युवा तथा खेलकुद मन्त्रालयले युवाको विषयमा कलम चलाउने ४ जना पत्रकार इमेज च्यानलका डोलराज रानाभाट, तरंग राष्ट्रिय पाक्षिकका राधा नेपाली, अप्पन टेलिभिजनका अजय कुमार साह र जनता टेलिभिजनका शिव कुमार अधिकारीलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । युवा दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले देश तथा विदेशमा रहेका सम्पूर्ण युवालाई शुभकामना दिदै विकासका लागि कृषिमा युवाको सहभागितामा जोड दिनुपर्ने बताए ।
युवा जनसंख्यालाई संसारका सबै देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ । जसमा संयुक्त राष्ट्रसंघले १६ देखि २५ वर्षकालाई युवा मान्ने गर्छ । नेपालमा युवा परिषदले १६ देखि ४० वर्षसम्मकालाई युवा मान्ने गर्छ । केन्द्रिय तत्थ्यांक विभागका अनुसार २०६८ सालमा गरेको जनगणनानुसार २ करोड ६६ लाख २० हजार ८ सय ९ जनसंख्या छ ।
जस अन्तर्गत ४० दशमलब ३५ प्रतिशत नेपालमा युवा रहेका छन् । जसमध्ये १६ देखि ३५ वर्षका युवा ३४ दशमलब ३६ प्रतिशत, १५ देखि २९ वर्षका २७ दशमलब ८ प्रतिशत रहेका छन् । यस्तै १५ वर्षमुनिका जनसख्या ३४ दशमलब ८ प्रतिशत रहेको छ ।
जन्म, मृत्यु र बसाईसराईदरको आधारमा गत वर्ष तत्थ्यांक विभागमा ३ करोड ६ सय ३४ जनसँख्या पुगेको छ । कोरोनाका कारण २०७८ सालमा गर्नुपर्ने जनगणना हुन नसक्दा तत्थ्यांक विभगाले १० वर्ष अघिको जनगणनामा विभिन्न तत्थ्यांक अनुपात लगाउदा ३ करोड नाघेको जनाएको हो ।
तत्थ्यांक विभागका प्रवक्ता तिर्थ राज चौंलागाईले मेरोन्युजसँग कुरा गर्दै कोरोना भाइरसका कारण बैदेशिक रोजगारमा गएकामध्ये १० लाख युवा नेपाल फर्किएकामध्ये अधिकांश फेरी विदेश जान नपाएको बताए । उनले भने,‘अहिले तत्कालका लागि अर्थतन्त्र कोरोनाभाइरसका कारण डामाडोल भएको देखिएको छ, नेपाल फर्किने वा फर्किएका युवाहरूले रोजगारीका अवसर नदेखेका बेला सरकारले नीति र योजना तर्जुमा गरे समस्या न्युनिकरण हुन्छ ।’
उनले थपे, ‘काम गर्ने उमेर समूहका युवाहरूको ठूलो जनसङ्ख्या नेपाल फर्किएको या फर्किने क्रममा देखिन्छ, उनीहरुलाई कृषि लगायत उत्पादन र निर्माणका विभिन्न क्षेत्रमा प्रयोग गरेर सरकारले अर्थतन्त्र उकास्न सकिन्छ ।’ तत्काल आउने रेमिट्यान्स घटेको देखेर सरकार आत्तिनु नहुने प्रवक्ता चौलागाईको भनाई छ ।
युवा मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह रहेको बैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले बताउँछन् । उनले मेरोन्युजसँग कुरा गर्दै उनले वैदेशिक रोजगारबाट आएका रेमिट्यान्सले व्यक्ति, परिवार, घर, लूगा, खाना,टिभी, मोबाइल, मोटरसाइकल, गाडी सबैको हातमा देखिनु सकारात्मक भएकोमा जोड दिए । उनले भने,‘तर पनि विदेश गएर उमेर उतै गुमाउनेले नेपालमा आर्थिक विकास गर्न नसक्ने र कामदारको रुपमा विदेश बस्दा पाउने दुख्खको सुनुवाई नहुँदा समस्या झेल्नुपरेको छ ।’
मुलुकको सबै परिवर्तनमा युवाको सहभागिता भएपनि का लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । युवाको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।
अन्तराष्ट्रिय युवा दिवससँगै युवाको कमाईको अवसरले आर्थिकसँगै सामाजिक र सांस्कृतिक बलियो रहेको देखिन्छ । युवा पैसा कमाउन विदेशमा छन्, श्रीमती छोराछोरी लिएर सदरमुकाम वा सुगम क्षेत्रमा बस्दा वृद्ध आमाबुवा गाउँमा छन् यसले पारिवारिक समस्या पनि निम्त्याएको प्रष्ट छ । आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा सहभागित हुने युवालाई सबै क्षेत्रले स्थान दिए मुलुकको विकासमा समेत सहज हुनेमा दुविधा छैन ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया