बूढानीलकण्ठमा कांग्रेस कार्यकर्ताकाे प्रदर्शन
‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’
मेरोन्यूज
२०७८ साउन २८ गते १५:०४
काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडी कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका हुन् ।
नेतृत्वको ध्यानाकर्षण गराउन पुगेकाले ‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’ जस्ता प्लेकार्डहरू बोकेका छन् ।
उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया