मातृका यादवको सुझाव : परमादेश भन्ने सांसदले राजीनामा दिँदा हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशवाट आएको सरकार भन्ने सांसदले पदवाट राजीनामा दिएर चुनावको तयारीमा गए हुने बताएका छन् । संसद सर्वाेच्चले ब्यूताईदिएको र त्यही संसदको बहुमत सांसदको बलका आधारमा देउवा प्रधानमन्त्री बनेको जिकिर गदै यादवले परमादेशवाट सरकार आएको भन्नेहरुले अझै पनि अदालतको निर्णयलाई स्वीकार्न नसकेको भन्द्यै त्यसो भन्नेहरुले राजीनामा दिएर गए हुने बताएका हुन् ।
‘अहिले परमादेशबाट आएको सरकार भन्ने सांसदले राजिनामा दिदाँ हुन्छ । अबको ६ महिनामा चुनाब हुन्छ, राजिनामा दिएर चुनाब लडे भइग्यो नि’ सांसद यादवले एमालेको ओली प्क्षका सांसदहरुलाई लक्षित गदै भने ।
विहिवार प्रतिनिधीसभाको बैठकमा बोल्दै संसद यादवले केपी ओलीले जे गर्दा पनि ठिक र अरुले त्यही गर्दा वठिक भन्ने पनि कही हुन्छ भन्न्े प्रश्न समेत गरेका थिए । यादवले भने,-‘केपी ओलीको गठबन्धनको सरकार हुदाँ म पनि मन्त्री थिए । उहाँले पनि कुनै समयमा कांग्रससँग मिलेर सरकार बनाउँनु भएको थिएन र ? आफुले गरेका सवै ठिक अनि हरुले त्यही गर्दा सबै बेठिक हुने पनि हुन्छ र ?’
यादवले जसले पद जोगाउनका लागि सवै कुरा गरेको छ, उसैले अहिले अर्ती उपदेश दिने काम गरेको भन्दै आरोप समेत लगाए । उनले भने,–‘जसले पदका लागि सबै बदनाम गरेको छ, अझ उही संसदमा आएर हुटिट्याउले जसरी सबै आफुले थामे जसरी सुुगा रटान गरेर एउटै परमादेश भन्याँ छ, भन्या छ ?’
यादवले सबै भ्रष्टचारको छानबिन हुनुपर्ने माग पनि गरे । ‘विदेशी बैंकमा रहेका कालो धन सबै नेपालमा ल्याउँनुपर्छ,’ उनले थपे,–‘केपी ओली आफु नै प्रधानमन्त्री हुदाँ केही नगर्ने अरुले तत्काल गर्नुपर्ने ?’

















महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया