आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम हुनेछ

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २९ गते शुक्रबार, श्रावण शुक्लपक्षको पञ्चमी तिथि । आज नागपञ्चमी रहेको छ । यस दिन घरघरमा नाग टाँस्ने संस्कृति एवं परम्परा नेपाली समाजमा रही आएको छ । धापाखेलको नागदह, नागपोखरी, टौदह आदि स्थानहरुमा आजका दिन मेला समेत लाग्ने गर्दछ । आज कल्कीजयन्ती समेत रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
मनमा भयको मात्रा अत्याधिक बढ्न पुग्ने भएकाले मनमा दृढताको अभाव हुने छ । पेशागत जीवनमा औसत अवस्थामा रहने छ । समय धैर्य भएर संयमित रहनु पर्ने प्रकृतिको छ ।साझेदारीमा गरिएका कामहरुबाट भने लाभ प्राप्त हुने छ ।
वृष
रिस नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवनका पूर्वानुमान नगरिएका समस्या र अड्चनहरु देखा पर्न जाने र पेशागत अवरोधहरु देखा पर्ने छन् । धेरै जोखिमपूर्ण भन्दा औसत अवस्थालाई निरन्तरता दिने गरि अघि बढ्नु पर्ने समय रहेको छ ।
मिथुन
मनमा उत्पन्न हुने दुविधाले निर्णय क्षमतामा कमि गराउने छ । बाहिरबाट हेर्दा बोल्ड ब्यक्तित्व देखिएता पनि आफूले आफूलाई कमजोर जस्तो भान लागि रहने छ । पेशागत जीवनमा भने सकारात्मक नतिजाहरु प्राप्त हुँदा उत्साह बढ्न जाने छ ।
कर्कट
पेशागत जीवन सकारात्मक रहने छ । व्यापार व्यवसायमा आवद्धहरुको हकमा पनि समय अनुकुल रहने हुँदा नफा आर्जन हुने छ । समय सकारात्मक रहेकाले आँटेका कार्यहरु पूरा हुने छन् । भित्रि बृद्धि सक्रिय हुने हुँदा चलाख खालको व्यक्तित्व कायम हुने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक रहने छन् ।
सिंह
पेशागत जीवनमा सफलता प्राप्ति हुने छ । पेशा तथा ब्यवसायबाट आर्जन हुने आम्दानीका कारण भाग्योदय हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेर अघि बढाइएका कामहरुमा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा केही निराशाजनक अवस्था आउने भएकाले सतर्क रहनु होला ।
कन्या
सम्पत्ति नोक्सान हुने चुनौति देखिएकाले संयम रहनु पर्ने देखिन्छ । भाग्यहिनताले गर्दा मेहनतपूर्वक गरिएका कामहरुमा पनि नतिजा आउने छैन् । यति हुँदाहुँदै पनि मेहनत र पराक्रम स्वभावमा भने कमि आउने छैन्, अर्थात मेहनत गरिरहन मन लाग्ने छ । धेरै उत्साही भएर जोखिमयुक्त कार्यहरु गर्ने समय छैन् ।
तुला
बाणि प्रभावकारी हुने भएकाले चाहेका क्षेत्रमा प्रभावकारी ढंगबाट अघि बढ्न आँट आउने छ । व्यक्तिगत स्वाभाव पनि शान्त खालको हुने हुँदा अरुले पनि मन पराउने छन् । पेशागत क्षेत्रबाट आफ्नो वित्तिय अवस्थामा उल्लेख्य सुधार आउने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छ । दृढ खालको व्यक्तित्व हुने छ ।
वृश्चिक
व्यक्तित्व शान्त शैलीका हुने हुँदा अरु व्यक्तिहरुले पनि मन पराउने छन् । पेशागत क्षेत्रमा भने अनुमान नगरिएका विषयमा पनि उल्झनहरु देखा पर्ने भएकाले संयमित रहनु होला । भाग्यशाली अवस्था रहेकाले दृढता उत्पन्न हुने छ । प्रतिकुल समयमा पनि दृढ भएर अघि बढि रहन खोज्ने मनमा संकल्प प्राप्त हुने छ ।
धनु
पेशागत र व्यावसायिक क्षेत्र औसत प्रकृतिको रहने छ । समस्या समाधानमा आशा गरे अनुसार प्रगति नहुँदा उत्साह र उमङ्गको कमि आउने भएका कारण मन नियन्त्रणमा ध्यान दिनु होला । धेरै जोखिमपूर्ण कदम भन्दा औसत पक्षलाई निरन्तरता दिनु उपयुक्त हुने देखिन्छ । मनमा खिन्नता देखा पर्दा दृढताको अभाव हुने छ ।
मकर
सशक्त खालको व्यक्तित्व हुँदा बेग्लै खालको छवी निर्माण हुने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । समय सकारात्मक रहेको छ । आम्दानीमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित कार्यहरु अघि बढाएमा आम्दानीमा अझ बृद्धि हुने छ । पेशागत जीवनमा कामको कदर हुने छ ।
कुम्भ
परिवारको साथमा काम गरेमा उन्नतिका क्रम बढ्ने देखिन्छ । लक्ष्य प्राप्तिमा समर्पित हुने र लक्ष्यहरु पनि पुरा हुने देखिन्छ । आम्दानीमा बृद्धि हुने छ । कार्यालय तथा व्यावसायिक क्षेत्रमा विभिन्न विषयमा विवाद भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला ।
मीन
बोलीमा रुखोपना देखिने भएकाले ध्यान दिनु होला । पेशागत जीवनमा संयम रहनु पर्ने अवस्था रहेको छ । खासगरी पेशागत जिम्मेबारी निभाउने क्रममा बादबिबाद चर्कने चुनौति देखिएकाले यसबारेमा संयमित रहनु होला । भाग्य बलियो साथ रहेकाले मनमा दृढता आउने छ । जसले गर्दा निर्णय क्षमतामा दृढता देखा पर्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया