बुधबार, पुष २, २०८२

आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम हुनेछ

ज्यो. दिवाकर पन्त २०७८ साउन २९ गते ६:२४

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २९ गते शुक्रबार, श्रावण शुक्लपक्षको पञ्चमी तिथि । आज नागपञ्चमी रहेको छ । यस दिन घरघरमा नाग टाँस्ने संस्कृति एवं परम्परा नेपाली समाजमा रही आएको छ । धापाखेलको नागदह, नागपोखरी, टौदह आदि स्थानहरुमा आजका दिन मेला समेत लाग्ने गर्दछ । आज कल्कीजयन्ती समेत रहेको छ । अब लागौं आजको राशिफलतर्फ

मेष
मनमा भयको मात्रा अत्याधिक बढ्न पुग्ने भएकाले मनमा दृढताको अभाव हुने छ । पेशागत जीवनमा औसत अवस्थामा रहने छ । समय धैर्य भएर संयमित रहनु पर्ने प्रकृतिको छ ।साझेदारीमा गरिएका कामहरुबाट भने लाभ प्राप्त हुने छ ।

वृष
रिस नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवनका पूर्वानुमान नगरिएका समस्या र अड्चनहरु देखा पर्न जाने र पेशागत अवरोधहरु देखा पर्ने छन् । धेरै जोखिमपूर्ण भन्दा औसत अवस्थालाई निरन्तरता दिने गरि अघि बढ्नु पर्ने समय रहेको छ ।

मिथुन
मनमा उत्पन्न हुने दुविधाले निर्णय क्षमतामा कमि गराउने छ । बाहिरबाट हेर्दा बोल्ड ब्यक्तित्व देखिएता पनि आफूले आफूलाई कमजोर जस्तो भान लागि रहने छ । पेशागत जीवनमा भने सकारात्मक नतिजाहरु प्राप्त हुँदा उत्साह बढ्न जाने छ ।

कर्कट
पेशागत जीवन सकारात्मक रहने छ । व्यापार व्यवसायमा आवद्धहरुको हकमा पनि समय अनुकुल रहने हुँदा नफा आर्जन हुने छ । समय सकारात्मक रहेकाले आँटेका कार्यहरु पूरा हुने छन् । भित्रि बृद्धि सक्रिय हुने हुँदा चलाख खालको व्यक्तित्व कायम हुने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक रहने छन् ।

सिंह
पेशागत जीवनमा सफलता प्राप्ति हुने छ । पेशा तथा ब्यवसायबाट आर्जन हुने आम्दानीका कारण भाग्योदय हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेर अघि बढाइएका कामहरुमा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा केही निराशाजनक अवस्था आउने भएकाले सतर्क रहनु होला ।

कन्या
सम्पत्ति नोक्सान हुने चुनौति देखिएकाले संयम रहनु पर्ने देखिन्छ । भाग्यहिनताले गर्दा मेहनतपूर्वक गरिएका कामहरुमा पनि नतिजा आउने छैन् । यति हुँदाहुँदै पनि मेहनत र पराक्रम स्वभावमा भने कमि आउने छैन्, अर्थात मेहनत गरिरहन मन लाग्ने छ । धेरै उत्साही भएर जोखिमयुक्त कार्यहरु गर्ने समय छैन् ।

तुला
बाणि प्रभावकारी हुने भएकाले चाहेका क्षेत्रमा प्रभावकारी ढंगबाट अघि बढ्न आँट आउने छ । व्यक्तिगत स्वाभाव पनि शान्त खालको हुने हुँदा अरुले पनि मन पराउने छन् । पेशागत क्षेत्रबाट आफ्नो वित्तिय अवस्थामा उल्लेख्य सुधार आउने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छ । दृढ खालको व्यक्तित्व हुने छ ।

वृश्चिक
व्यक्तित्व शान्त शैलीका हुने हुँदा अरु व्यक्तिहरुले पनि मन पराउने छन् । पेशागत क्षेत्रमा भने अनुमान नगरिएका विषयमा पनि उल्झनहरु देखा पर्ने भएकाले संयमित रहनु होला । भाग्यशाली अवस्था रहेकाले दृढता उत्पन्न हुने छ । प्रतिकुल समयमा पनि दृढ भएर अघि बढि रहन खोज्ने मनमा संकल्प प्राप्त हुने छ ।

धनु
पेशागत र व्यावसायिक क्षेत्र औसत प्रकृतिको रहने छ । समस्या समाधानमा आशा गरे अनुसार प्रगति नहुँदा उत्साह र उमङ्गको कमि आउने भएका कारण मन नियन्त्रणमा ध्यान दिनु होला । धेरै जोखिमपूर्ण कदम भन्दा औसत पक्षलाई निरन्तरता दिनु उपयुक्त हुने देखिन्छ । मनमा खिन्नता देखा पर्दा दृढताको अभाव हुने छ ।

मकर
सशक्त खालको व्यक्तित्व हुँदा बेग्लै खालको छवी निर्माण हुने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । समय सकारात्मक रहेको छ । आम्दानीमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित कार्यहरु अघि बढाएमा आम्दानीमा अझ बृद्धि हुने छ । पेशागत जीवनमा कामको कदर हुने छ ।

कुम्भ
परिवारको साथमा काम गरेमा उन्नतिका क्रम बढ्ने देखिन्छ । लक्ष्य प्राप्तिमा समर्पित हुने र लक्ष्यहरु पनि पुरा हुने देखिन्छ । आम्दानीमा बृद्धि हुने छ । कार्यालय तथा व्यावसायिक क्षेत्रमा विभिन्न विषयमा विवाद भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला ।

मीन
बोलीमा रुखोपना देखिने भएकाले ध्यान दिनु होला । पेशागत जीवनमा संयम रहनु पर्ने अवस्था रहेको छ । खासगरी पेशागत जिम्मेबारी निभाउने क्रममा बादबिबाद चर्कने चुनौति देखिएकाले यसबारेमा संयमित रहनु होला । भाग्य बलियो साथ रहेकाले मनमा दृढता आउने छ । जसले गर्दा निर्णय क्षमतामा दृढता देखा पर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया