शनिबार, माघ १२, २०८१

मौद्रिक नीति ‘लिक’ भएपछि अर्थमन्त्रीले मागे जवाफ

मेरोन्यूज २०७८ साउन २९ गते १६:५०

काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनु अघि बिभिन्न संचार माध्यममार्फत लिक भएपछि अर्थमन्त्रीले जवाफ मागेका छन् ।

Advertisement

सार्वजनिक हुनु पुर्व नै केही संचारमाध्यममा मौद्रिक नीति सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग यसबारे जानकारी मागेका हुन् ।

गभर्नर अधिकारीले यसबारे बुझेर खबर गर्न जवाफ दिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थसचिव मरासिनीले पनि यसबारे के भएको हो भन्ने जानकारी लिएर खबर गर्ने बताएका छन् ।

राष्ट्र बैंकको ७ सदस्स्यीय संचालक समितिमा गभर्नर अध्यक्ष रहन्छन भने अर्थ सचिव संचालक सदस्य छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएको भनीएपनि अर्थसचिवबीना संचालक समितिको बैठक समेत बस्नेलाइ दौड हुन्छ । अन्य संचालकमा दुई जना डेप्यूटी गभर्नर र सरकारले नियुक्त गर्ने ३ जना सदस्य छन् ।

सरकारले नियुक्त गरेका ३ जना मध्ये १ सदस्य जो यस अगाडि गभर्नर बन्नलाई तिब्र लबिङ गरेका थिए । अर्का एक डेपुटी गभर्नरले आफु निकट संचार माध्यममार्फत मौद्रिक नीति लिंक गरेको आरोप लागेको छ ।

राष्ट्र बैंकको संचालक समिति सदस्यबाट नै यसरी सूचना चुहावट हुनुले राष्ट्र बैंकको गरिमा मात्र नभई बैंक वित्तीय सँस्था जस्तो सम्बेदनशील क्षेत्र नियमन गर्ने सँस्था केन्द्रीय बैंकको क्षमतामाथि नै प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया