मौद्रिक नीति ‘लिक’ भएपछि अर्थमन्त्रीले मागे जवाफ

काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनु अघि बिभिन्न संचार माध्यममार्फत लिक भएपछि अर्थमन्त्रीले जवाफ मागेका छन् ।
सार्वजनिक हुनु पुर्व नै केही संचारमाध्यममा मौद्रिक नीति सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग यसबारे जानकारी मागेका हुन् ।
गभर्नर अधिकारीले यसबारे बुझेर खबर गर्न जवाफ दिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थसचिव मरासिनीले पनि यसबारे के भएको हो भन्ने जानकारी लिएर खबर गर्ने बताएका छन् ।
राष्ट्र बैंकको ७ सदस्स्यीय संचालक समितिमा गभर्नर अध्यक्ष रहन्छन भने अर्थ सचिव संचालक सदस्य छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएको भनीएपनि अर्थसचिवबीना संचालक समितिको बैठक समेत बस्नेलाइ दौड हुन्छ । अन्य संचालकमा दुई जना डेप्यूटी गभर्नर र सरकारले नियुक्त गर्ने ३ जना सदस्य छन् ।
सरकारले नियुक्त गरेका ३ जना मध्ये १ सदस्य जो यस अगाडि गभर्नर बन्नलाई तिब्र लबिङ गरेका थिए । अर्का एक डेपुटी गभर्नरले आफु निकट संचार माध्यममार्फत मौद्रिक नीति लिंक गरेको आरोप लागेको छ ।
राष्ट्र बैंकको संचालक समिति सदस्यबाट नै यसरी सूचना चुहावट हुनुले राष्ट्र बैंकको गरिमा मात्र नभई बैंक वित्तीय सँस्था जस्तो सम्बेदनशील क्षेत्र नियमन गर्ने सँस्था केन्द्रीय बैंकको क्षमतामाथि नै प्रश्न उब्जिएको छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया