चण्डेश्वरीदेखि गोसाईं स्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु

बनेपा । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईं स्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ ।
बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरु भएको हो ।
सिँढी निर्माणको लागि बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको एक करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए ।
नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो ।
वडाध्यक्ष अधिकारीले भने, “यो पदमार्ग (सिँढी) निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।” वडा नं ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरु भएर वडा नं ६ को गोसाईंस्थान मन्दिरसम्म पुग्ने सिँढी एक हजार ६०० निर्माण हुने उनले बताए ।
आठ फिटको चौडाइमा निर्माण कार्य थालनी भएको सिँढीको लागि शहरी विकास मन्त्रालयबाट समेत तीन करोड ५० लाख बजेट विनियोजन भइसकेको कारण बाँकी काम पनि छिट्टै हुने उनले बताए ।
यसअघि चण्डेश्वरीबाट गोसाईंस्थान मन्दिर जानको लागि बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिँढी निर्माण भएपछि छोटो बाटोमा सिधै जान पाउने भएको छ ।
सिँढीसँगै सो क्षेत्रमा पार्किङ, बगैँचालगायतका काम हुनेछ । बनेपाको नै महत्वपूर्ण जङ्गलको रुपमा रहेको चण्डेश्वरी जङ्गल भएर निर्माण हुने सिँढीले वडा नं ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईंस्थानसम्म जोडिनेछ ।
विशेष गरी बजार क्षेत्रका मानिस बिहानी हिडाइसँगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेलाई समेत सो सिँढी निर्माण भएपछि थप पर्यटकीय क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।
त्यससँगै नगरपालिकाले बुद्धपार्क र पून्यमाता करिडोरलगायतको क्षेत्रमा पनि निर्माणको काम अगाडि बढेको जनाएको छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया