योग र ध्यानलाई प्रदेश सरकारले पाठ्यक्रममा समावेश गरेको छः मन्त्री फुँयाल

काठमाडौं । वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ भनिएका बेला विश्व शान्ति तथा अध्यात्म विकास समाजले जुम प्रविधिबाट बालबालिकालाई योगाभ्यास गराउन आयोजित कार्यक्रमको उद्घाटनमा उनले योग र ध्यानलाई पनि प्रदेश सरकारले पाठ्यक्रममा समावेश गरेको जानकारी गराए ।
देशभर योग शिक्षक बढाएर नियमित योगाभ्यासका माध्यमबाट मानिसलाई निरोगी बनाउन सकिने भएकाले तीनै तहका सरकार र यस विषयमा काम गर्ने संघसंस्थाको ध्यान यसतर्फ जानुपर्ने मन्त्री फुँयालको भनाइ थियो । यसका लागि वागमती प्रदेश सरकारका तर्फबाट सहयोग गरिने उनको प्रतिवद्धता छ ।
समाजका संस्थापक अध्यक्ष आचार्य राजन शर्माले नेपाललाई योगभूमि बनाउन देश बाहिरै रहेर पनि अभियान चलाइएको बताए ।
अष्ट्रेलियामा स्थापना भएको समाजले योग, ध्यानलगायत पूर्वीय दर्शनका माध्यमबाट सुख, शान्ति एवं आरोग्यताका लागि काम गर्दै आएको छ ।
सो अवसरमा अध्यक्ष शर्माले योग चेतनाका राजनीतिकर्मी भएपछि देश योगभूमि बन्ने भएकाले यसतर्फ अभियान चलाउन लागिएको जानकारी दिए । प्रत्येक दिन बिहान जुम प्रविधिबाट सिकाइने योगाभ्यासमा पहिलो दिन नै ३०० बालबालिका सहभागी भएका छन् ।
योगाभ्यासमा जुम प्रविधिका माध्यमबाट सहभागी हुन चाहने बालबालिकाले निःशुल्करूपमा जोडिन सक्ने समाजले जनाएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया