आजको राशिफल : यी राशिका व्यक्तिको दिन उत्तम हुनेछ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको एक गते मंगलबार, श्रावण शुक्लपक्षको दशमी तिथि । आज भाद्र संक्रान्ति । अब लागौं आजको राशिफलतर्फ
मेष
बोलीको प्रभाव बढेता पनि कडापना पनि उस्तै बढ्ने भएकाले यसबारेमा संयमित रहनु उपयुक्त हुने छ । पेशागत क्षेत्र औसत रहने छ । जति मानसिक पक्ष सवल हुने छ, शारीरिक रुपमा भने कमजोरी देखा पर्न जाने छ । मनमा दृढता आउने छ भने मन स्थिर बन्ने छ ।
वृष
दृढ खालेको व्यक्तित्व हुने छ । यससँगै स–साना विषयमा पनि रिस धेरै उठ्ने व्यक्तित्व हुने भएकाले यस विषयमा संयमित रहनु होला । मेहनत र पराक्रम गर्नका लागि मन केन्द्रीत भएता पनि शारीरिक स्वास्थ्यले यसमा बाधा निम्त्याउने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुन जाने छ ।
मिथुन
समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । व्यक्तिगत हिसावले शितल स्वाभावको बानी हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाष आउने छ । पारीवारिक जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ ।
कर्कट
दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र होच्याउने अवस्था आउने भएकाले यसबारेमा ध्यान दिनु होला । धैर्य भएर पाइला चाल्नु पर्ने समय छ । मानसिक हिसावले दृढ संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक रुपमा निकै कमजोरीहरु देखा पर्ने भएकाले मनोबलको कमि हुन जाने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले संयमित रहनु होला ।
सिंह
शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तित्व बन्ने छ । पेशागत जीवन औसत रहने र आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । तर भाग्यको साथको अभावका कारण अवरोधहरु एकपछि अर्काे निरन्तर आउने देखिन्छ । समय प्रतिकुल चलिरहेकाले संयमताको खाँचो पर्ने देखिन्छ ।
कन्या
पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । चुनौतिपूर्ण पेशामा आवद्धहरुले सतर्क रही पाइला चाल्नु पर्ने देखिन्छ । आम्दानीमा औसत समय चलिरहेकाले आम्दानी बढाउनका लागि अस्वाभाविक दबाब नलिँदा ठिक हुने समय छ ।
तुला
पेशागत जीवनमा चाहे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउँदै अघि बढ्नु नै उपयुक्त हुने छ । भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिको सामना गर्न तागत आउने छ । धन सम्पत्तिका विषयमा द्वन्द चर्किने छ ।
वृश्चिक
। प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउँदा प्रतिष्पर्धीहरुले पेल्ने छन् । समय संयमित भएर पाईला चाल्नु पर्ने समय सक्रिय छ । भाग्यहिनताको अवस्था आउने छ पेशागत क्षेत्रमा भने स्थिरता कायम रहँने हुँदा केही राहत मिल्ने छ ।
धनु
पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने प्रकारको छ । पेशागत जीवनमा धेरै जुधेर नै अघि बढ्नु पर्ने समय रहेको भएता पनि मनोबल कमजोर हुने भएकाले समस्या निम्तिने छ । शारीरिक र मानसिक कमजोरी देखा पर्ने छ । मनोबल पनि कमजोर बन्ने भएकाले आँट पटक्कै आउने छैन् ।
मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न भने सक्ने छैनन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु पर्ने देखिएको छ । पेशागत जीवनमा अस्थिरता आउने समय रहेकाले सकभर बादबिबादमा अघि नबढ्नु नै राम्रो हुने छ ।
कुम्भ
बौद्धिक व्यक्तित्व हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याहरु देखा पर्ने छ । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कठिनाई आउन जाँदा मनोबल कमजोर बन्ने छ । दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले गर्दै आएको भरोषामा कमि आउने छ ।
मीन
भाग्यहिनताको महशुस हुन जाने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । आम्दानीमा हुने थोरै हुने बृद्धिले सान्त्वना दिने छ । पैतृक सम्पत्तिको विषयमा परिवारमा द्वन्द चर्किन पुग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया