आजको राशिफल : यी राशिका व्यक्तिको दिन उत्तम हुनेछ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको एक गते मंगलबार, श्रावण शुक्लपक्षको दशमी तिथि । आज भाद्र संक्रान्ति । अब लागौं आजको राशिफलतर्फ
मेष
बोलीको प्रभाव बढेता पनि कडापना पनि उस्तै बढ्ने भएकाले यसबारेमा संयमित रहनु उपयुक्त हुने छ । पेशागत क्षेत्र औसत रहने छ । जति मानसिक पक्ष सवल हुने छ, शारीरिक रुपमा भने कमजोरी देखा पर्न जाने छ । मनमा दृढता आउने छ भने मन स्थिर बन्ने छ ।
वृष
दृढ खालेको व्यक्तित्व हुने छ । यससँगै स–साना विषयमा पनि रिस धेरै उठ्ने व्यक्तित्व हुने भएकाले यस विषयमा संयमित रहनु होला । मेहनत र पराक्रम गर्नका लागि मन केन्द्रीत भएता पनि शारीरिक स्वास्थ्यले यसमा बाधा निम्त्याउने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुन जाने छ ।
मिथुन
समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । व्यक्तिगत हिसावले शितल स्वाभावको बानी हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाष आउने छ । पारीवारिक जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ ।
कर्कट
दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र होच्याउने अवस्था आउने भएकाले यसबारेमा ध्यान दिनु होला । धैर्य भएर पाइला चाल्नु पर्ने समय छ । मानसिक हिसावले दृढ संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक रुपमा निकै कमजोरीहरु देखा पर्ने भएकाले मनोबलको कमि हुन जाने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले संयमित रहनु होला ।
सिंह
शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तित्व बन्ने छ । पेशागत जीवन औसत रहने र आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । तर भाग्यको साथको अभावका कारण अवरोधहरु एकपछि अर्काे निरन्तर आउने देखिन्छ । समय प्रतिकुल चलिरहेकाले संयमताको खाँचो पर्ने देखिन्छ ।
कन्या
पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । चुनौतिपूर्ण पेशामा आवद्धहरुले सतर्क रही पाइला चाल्नु पर्ने देखिन्छ । आम्दानीमा औसत समय चलिरहेकाले आम्दानी बढाउनका लागि अस्वाभाविक दबाब नलिँदा ठिक हुने समय छ ।
तुला
पेशागत जीवनमा चाहे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउँदै अघि बढ्नु नै उपयुक्त हुने छ । भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिको सामना गर्न तागत आउने छ । धन सम्पत्तिका विषयमा द्वन्द चर्किने छ ।
वृश्चिक
। प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउँदा प्रतिष्पर्धीहरुले पेल्ने छन् । समय संयमित भएर पाईला चाल्नु पर्ने समय सक्रिय छ । भाग्यहिनताको अवस्था आउने छ पेशागत क्षेत्रमा भने स्थिरता कायम रहँने हुँदा केही राहत मिल्ने छ ।
धनु
पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने प्रकारको छ । पेशागत जीवनमा धेरै जुधेर नै अघि बढ्नु पर्ने समय रहेको भएता पनि मनोबल कमजोर हुने भएकाले समस्या निम्तिने छ । शारीरिक र मानसिक कमजोरी देखा पर्ने छ । मनोबल पनि कमजोर बन्ने भएकाले आँट पटक्कै आउने छैन् ।
मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न भने सक्ने छैनन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु पर्ने देखिएको छ । पेशागत जीवनमा अस्थिरता आउने समय रहेकाले सकभर बादबिबादमा अघि नबढ्नु नै राम्रो हुने छ ।
कुम्भ
बौद्धिक व्यक्तित्व हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याहरु देखा पर्ने छ । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कठिनाई आउन जाँदा मनोबल कमजोर बन्ने छ । दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले गर्दै आएको भरोषामा कमि आउने छ ।
मीन
भाग्यहिनताको महशुस हुन जाने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । आम्दानीमा हुने थोरै हुने बृद्धिले सान्त्वना दिने छ । पैतृक सम्पत्तिको विषयमा परिवारमा द्वन्द चर्किन पुग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया