आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण रहेको बताएका छन् । प्रवासी नेपाली सङ्घ, भारत केन्द्रीय समितिको सातौँ बैठकलाई आज ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उनले देश बनाउने नयाँ सङ्घर्षका रूपमा निर्वाचनलाई बुझ्नुपर्ने र सोहीअनुसार पार्टीका पक्षमा जनमत बनाउन लाग्न आग्रह गरे ।
पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका उपाध्यक्ष थापाले आफ्नो पार्टी देशभक्त र राष्ट्र निर्माणको बलियो शक्ति भएको भन्दै निर्वाचनमार्फत थप बलियो बनाउन चुनावमा खट्न आग्रह गर्नुभयो । उनले निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनस्र्थापना गर्ने लक्ष्य पूरा गर्न प्रवासमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
पार्टीले सबैको सुझावअनुसार चुनावी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिँदै देश र जनताका सरोकारका विषयका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय सम्बन्धलगायत विषय त्यसमा समेटिने जानकारी गराए । प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायण हुमागाईंको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेलगायतले सम्बोधन गरेका थिए।
















मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया