उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच भिजन पेपरबारे छलफल

काठमाडौं । राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलसँगको छलफल शुरु गरेको छ । सोही क्रममा आज महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छलफल गरेको हो ।
छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशमसेर जबरा र डा प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागाी भएका थिए ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले भिजन पेपरका बारेमा जानकारी दिँदै यसको सफल कार्यान्वयनमा महासंघले सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए ।
मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जीडीपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको भिजन पेपरको सफल कार्यान्वयनका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।
सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीति भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको भन्दै अध्यक्ष गोल्छाले प्रसन्नता व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसँग छलफल गर्न आएको जानकारी दिएका थिए । महासंघले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्य निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सबै राजनीतिक दलका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएको महासंघले जनाएको छ ।

















मधेशमा सुरक्षा व्यवस्था कडा
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः ८ जनाको मृत्यु, थुप्रै घाइते
शाओमीको वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर खुला
8 killed in pro-Iran protest at US consulate in Pakistan’s Karachi
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया