आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको २ गते बुधबार, श्रावण शुक्लपक्षको एकादशी तिथि । आज पुत्रदा एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । नरम खालको व्यक्तित्व र स्वाभाव हुने छ । आयात निर्यात, लेखा ब्यवसाय, चार्टड एकाउण्टेण्ट, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।
वृष
दृढ ब्यक्तित्व हुने छ । तर रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । सुख, सुविधाको उपभोग गर्न मिल्ने हुँदा हुँदै पनि मनमा भने खिन्नताले सताउने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । प्रशासन, व्यवस्थापन, राजनीति, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडीको सामान आदीको व्यापारमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
मिथुन
आत्मविश्वासमा कमि देखिने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता वातावरण तयार हुने छ । अध्यापन, शिक्षण, पत्रकारिता, शैक्षिक क्षेत्र जस्ता विधामा संलग्नहरुलाई सकारात्मक रहने छ ।
कर्कट
कमजोर मनोबल भएको ब्यक्तित्व हुने हुँदा आँट र दृढताको कमि हुन जाने छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । रेष्टुरेण्ट, होटल, डान्सबार, सेक्युरिटी क्षेत्र, बाउन्सर, सेना, प्रहरी आदी क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।
सिंह
भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोष हुने छैन् । घर घडेरी, फ्ल्याट बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीका विषयमा घाटा ब्योहर्नु पर्ने समय रहेकाले यस विषयमा धैर्यतासाथ अघि बढ्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था आउने छैन् ।
कन्या
मनोबलको कमि हुनाले लक्ष्यमा बिचलन आउने छ । मनमा दुविधाले सताउने छ । मनमा देखा पर्ने उदासिनतालाई नियन्त्रण गर्न ध्यान दिनु होला । साझेदारीका कामहरुमा अबरोधहरु देखा पर्ने छन् । स्टेशनरी, व्यवस्थापन, वाणिज्य क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल तर्फ ढल्कने छ ।
तुला
परिवारमा किचलो देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफल प्राप्त हुने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले यसबारेमा उच्च संयमताको आवश्यकता देखिन्छ । पेट्रोलिय पदार्थको कारोवार, श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
वृश्चिक
मनमा दुविधात्मक विचारले सताउने छ । एकपछि अर्काे समानान्तर विचार आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । मनमा नकारात्मक भावनाले सताउने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनु पर्ने समय छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, जलविद्युत, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेको छ ।
धनु
लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर भएको महशुस हुने छ । तर आन्तरिक रुपमा भने प्रतिष्पर्धात्मक विचारले दृढता पाउने छ । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । सन्तान सुखको अभाव हुने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । वाणिज्य, ब्यापार, व्यवस्थापन, स्टेशनरी, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
मकर
दृढ व्यक्तित्व बन्ने छ । तर अनावश्यक क्षेत्र र विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पुर्याउनु होला । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । ब्युटिसियन, सौन्दर्य प्रशाधन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय प्रतिकुल छ ।
कुम्भ
वौद्धिक क्षमतामा बृद्धि हुने छ । मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । बौद्धिक क्षेत्र, प्राज्ञिक क्षेत्र, लेखन, परामर्श, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल बन्दै जाने छ । मनमा सुखको शान्तिको आभाष हुने छ । सन्तानले गरेका कामबाट सुख प्राप्त हुने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ ।
मीन
बाणिमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । परिवारको तपाईप्रति भरोसा बढ्ने छ । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले विचार पुर्याउनु होला । ब्यापारमा संलग्नहरुलाई यो समय प्रतिकुल रहेको छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















HoR elections: all-party meeting held
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट
28 days to HoR elections: election campaign expenses mandatory through bank accounts
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, पैँसट्ठी तोला सुन बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया