आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम छ
काठमाडौं । आज २०७८ साल भाद्र महिनाको २ गते बुधबार, श्रावण शुक्लपक्षको एकादशी तिथि । आज पुत्रदा एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । नरम खालको व्यक्तित्व र स्वाभाव हुने छ । आयात निर्यात, लेखा ब्यवसाय, चार्टड एकाउण्टेण्ट, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।
वृष
दृढ ब्यक्तित्व हुने छ । तर रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । सुख, सुविधाको उपभोग गर्न मिल्ने हुँदा हुँदै पनि मनमा भने खिन्नताले सताउने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । प्रशासन, व्यवस्थापन, राजनीति, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडीको सामान आदीको व्यापारमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
मिथुन
आत्मविश्वासमा कमि देखिने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता वातावरण तयार हुने छ । अध्यापन, शिक्षण, पत्रकारिता, शैक्षिक क्षेत्र जस्ता विधामा संलग्नहरुलाई सकारात्मक रहने छ ।
कर्कट
कमजोर मनोबल भएको ब्यक्तित्व हुने हुँदा आँट र दृढताको कमि हुन जाने छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । रेष्टुरेण्ट, होटल, डान्सबार, सेक्युरिटी क्षेत्र, बाउन्सर, सेना, प्रहरी आदी क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।
सिंह
भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोष हुने छैन् । घर घडेरी, फ्ल्याट बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीका विषयमा घाटा ब्योहर्नु पर्ने समय रहेकाले यस विषयमा धैर्यतासाथ अघि बढ्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था आउने छैन् ।
कन्या
मनोबलको कमि हुनाले लक्ष्यमा बिचलन आउने छ । मनमा दुविधाले सताउने छ । मनमा देखा पर्ने उदासिनतालाई नियन्त्रण गर्न ध्यान दिनु होला । साझेदारीका कामहरुमा अबरोधहरु देखा पर्ने छन् । स्टेशनरी, व्यवस्थापन, वाणिज्य क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल तर्फ ढल्कने छ ।
तुला
परिवारमा किचलो देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफल प्राप्त हुने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले यसबारेमा उच्च संयमताको आवश्यकता देखिन्छ । पेट्रोलिय पदार्थको कारोवार, श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
वृश्चिक
मनमा दुविधात्मक विचारले सताउने छ । एकपछि अर्काे समानान्तर विचार आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । मनमा नकारात्मक भावनाले सताउने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनु पर्ने समय छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, जलविद्युत, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेको छ ।
धनु
लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर भएको महशुस हुने छ । तर आन्तरिक रुपमा भने प्रतिष्पर्धात्मक विचारले दृढता पाउने छ । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । सन्तान सुखको अभाव हुने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । वाणिज्य, ब्यापार, व्यवस्थापन, स्टेशनरी, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
मकर
दृढ व्यक्तित्व बन्ने छ । तर अनावश्यक क्षेत्र र विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पुर्याउनु होला । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । ब्युटिसियन, सौन्दर्य प्रशाधन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय प्रतिकुल छ ।
कुम्भ
वौद्धिक क्षमतामा बृद्धि हुने छ । मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । बौद्धिक क्षेत्र, प्राज्ञिक क्षेत्र, लेखन, परामर्श, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल बन्दै जाने छ । मनमा सुखको शान्तिको आभाष हुने छ । सन्तानले गरेका कामबाट सुख प्राप्त हुने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ ।
मीन
बाणिमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । परिवारको तपाईप्रति भरोसा बढ्ने छ । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले विचार पुर्याउनु होला । ब्यापारमा संलग्नहरुलाई यो समय प्रतिकुल रहेको छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।
ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया