आइतबार, फागुन १७, २०८२

प्राज्ञिक शोध गर्नेलाई राष्ट बैंकले शोधवृत्ति उपलब्ध गराउने

मेरोन्यूज २०७८ भदौ २ गते १९:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा बुधबार बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा डा रामजी गौतमले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँचरपाँच जना, एमफिल र विद्यावारिधितर्फका दुई/दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक शुरुआत भएको बताए । उनले यो सहकार्यले प्राज्ञिक शोध-अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोधरअनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ ।

प्रतिक्रिया