सागका स्वर्णधारी कराँते खेलाडी राईको कोरोनाबाट निधन
मेरोन्यूज
२०७८ भदौ २ गते २१:१२
काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक पदकधारी कृष्णबहादुर राईको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
नेपालमा सम्पन्न आठौँ सागमा कराँतेका स्वर्ण पदक जितेका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
कोरोनाबाट संक्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनका श्रीमती र एक छोरा छन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया