बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने
मेरोन्यूज
२०७८ भदौ ३ गते १७:३१
काठमाडौ । रष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ ।
सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए ।
प्रशासक पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ सम्बन्धी सम्झौता भएको थियो ।
संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्नसक्ने भएको छ । व्यक्तिको जन्म मिति र पोलिसी नम्बर राख्दा त्यसले बीमितलाई सुरक्षासमेत प्रदान गर्दछ । रासस
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया