बिहीबार, माघ २२, २०८२

न ओली, न माधव तिर रहेका एमाले नेताहरुको बैठक बस्दै

मेरोन्यूज २०७८ भदौ ४ गते १३:५७

काठमाडौं । नेकपा एमालेमा माधव नेपाल समुहमा रहेपनि पार्टी विभाजनको विपक्षमा रही न माधव नेपाल न केपी ओली समुहमा खुलीसकेका एमालेभित्रको तेस्रो धारका नेताहरुको बैठक आज बस्दैछ । यो धारको नेतृत्व नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले गरिरहेका छन् ।

माधव नेपाललाई साथ नदिएका आठ जना स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको आज बैठक महाराजगञ्जमा बस्ने लागेको हो ।


बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए।

एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार एमाले विवाद समाधान कार्यदलले बनाएको १० बुँदेको अक्षरश पालना गर्न र गत फागुन २८ यता भएका सबै निर्णय खारेज गर्न अपिल गछौं ।

प्रतिक्रिया