ठाकुरले पार्टीको नाम लोकतान्त्रिक समाजवादी राखे
मेरोन्यूज
२०७८ भदौ ४ गते १४:४३
काठमाडौं । महन्थ ठाकुरले आफ्नो पार्टीको नाम परिर्वतन गरेका छन् । उनले पार्टीको नाम परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी राखेका छन् ।
सरकारले दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएपछि ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर बुधबार समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
तर निर्वाचन आयोगले ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न भनेपछि उनले नाम परिवर्तन गरेका हुन् । अब उनको पार्टीको नाम लोकतान्त्रिक समाजवादी हुने छ ।
सम्बन्धित
प्रतिक्रिया