अफगानिस्तानबाट आइपुगे ५०४ नेपाली फिर्ता
मेरोन्यूज
२०७८ भदौ ५ गते १९:४०

काठमाडौँ । तालिवानले सत्ता कब्जा गरेसँगै विदेशी नागरिक बाहिरिने क्रममा अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्किस् एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएसँगै स्वदेश फिर्ता हुने नेपालीको संख्या ५०४ जना पुगेको हो ।
कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबारसम्म ३१७ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् । जसमा नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको जस्ताको रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गर्ने मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता राष्ट्रहरूले नेपाली नागरिकको उद्धारमा सहयोग पुर्याउँदै आएको छ ।
सम्बन्धित










चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया