अफगानिस्तानबाट आइपुगे ५०४ नेपाली फिर्ता
मेरोन्यूज
२०७८ भदौ ५ गते १९:४०

काठमाडौँ । तालिवानले सत्ता कब्जा गरेसँगै विदेशी नागरिक बाहिरिने क्रममा अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्किस् एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएसँगै स्वदेश फिर्ता हुने नेपालीको संख्या ५०४ जना पुगेको हो ।
कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबारसम्म ३१७ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् । जसमा नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको जस्ताको रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गर्ने मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता राष्ट्रहरूले नेपाली नागरिकको उद्धारमा सहयोग पुर्याउँदै आएको छ ।
सम्बन्धित

















कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया