उपाध्यक्ष वामदेव गौतम नेकपा एमालेमै हुनुहुन्छ : सचिवालय

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू एमालेमा नै रहेको जानकारी दिएका छन् । उनको सचिवालयले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको हो ।
‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन’ गौतमका स्वकीय सचिव दीपक टमटाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
‘क वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्य शैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा स्वभाविक हो । तसर्थ, अन्य खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ सचिवालयले भनेको छ ।
















यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया