रौतहट घटनाप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । रौतहटका पत्रकार महम्मद मोजिबुल्लाह पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागुऔषध राखेर पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई पक्राउ गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघ रौतहट शाखाका अनुसार २०७८ साउन ३२ गते राति ८ः०० बजेतिर रौतहटस्थित होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायकतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा उक्त लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको जनाएको छ ।’
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सिसिटिभी फुटेजबाट निर्दोष देखिएका पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

















सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया