रौतहट घटनाप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । रौतहटका पत्रकार महम्मद मोजिबुल्लाह पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागुऔषध राखेर पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई पक्राउ गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघ रौतहट शाखाका अनुसार २०७८ साउन ३२ गते राति ८ः०० बजेतिर रौतहटस्थित होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायकतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा उक्त लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको जनाएको छ ।’
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सिसिटिभी फुटेजबाट निर्दोष देखिएका पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया