मंगलबार, चैत १७, २०८२

सांसद शाही र वलीलाई कारबाही नगरेको भन्दै एमालेको आपत्ति

मेरोन्यूज २०७८ भदौ ६ गते १६:३८

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेकोमा प्रदेश सभा सचिवालयप्रति आपत्ति जनाएको छ । संसदीय दलले आइतबार बुटुवालमा पत्रकार सम्मेलन गरेर सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले लुम्बिनी प्देश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले शाही र वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताए । ढकालले विज्ञप्ति जारी गर्दै उनीहरुलाइृ संसद सचिवालयले कारबाही नगरेकोमा पनि आपत्ति जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म निज बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं । निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।’

एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए । त्यसपछि एमालेले सभामुखको भुमिकाप्रति आपत्ति जनाएको छ ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री भएका छन् । त्यस्तै तत्कालिन नेकपा एमाले र मा‌ओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाबाट प्रदेशसभा उपनिर्वाचन जितेकी वलीले माओवादी केन्द्रमा छिन् ।

प्रतिक्रिया