प्रधानमन्त्री देउवा र भाजपाका नेता चौथाइवाबीच भेटवार्ता
मेरोन्यूज
२०७८ भदौ ६ गते २१:०४
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाबीच भेटवार्ता भएको छ । भाजपाका विदेश विभाग प्रमुख चौथाइवा आइतबार काठमाडौं आएका थिए ।
काठमाडौं आएलगतै प्रधानमन्त्री निवास बालुवाटार गएर देउवालाई भेटेका हुन् । भेटमा चौथाइवाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए ।
भेटपछि ट्वीट गर्दै चौथाइवाले देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे छलफल भएको जानकारी गराएका छन् । उनले आजै कांग्रेस अन्य नेतासँग पनि भेटघाट गरेको बताइउको छ ।
उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया