आइतबार, माघ ६, २०८१

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुने

मेरोन्यूज २०७८ भदौ ७ गते ६:३१

काठमाडौं । हाल देशभर सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

Advertisement

अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया