देउवाको विकल्पमा साझा उम्मेदवार खोज्दै पौडेल पक्ष

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उम्मेदवार खोज्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहमतिमा पुगेको छ । काठमाडौँको गौशलास्थित अनुपम फुडल्याण्डमा सभापतिका आकांक्षीहरू जम्मा भई बैठकमा सबैलाई मान्य हुने उम्मेदवार चयन गर्न छलफललाई निरन्तरता दिने सहमति भएको बैठकमा सहभागी एक नेताले मेरोन्युजलाई जानकारी दिए ।
ती नेताका अनुसार आजको बैठकमा कसरी सबैलाई मान्य हुने साझा उम्मेदवार तय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । ‘सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरूले १४ औँ महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका हौँ,’ उनले मेरो न्युजसँग भने, ‘हाम्रो समूहबाट साझा उम्मेदवार बनाउन सके हामीले १४ औँ महाधिवेशन जित्छौँ ।’
उक्त सभापतिका आकांक्षीहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा शेखर कोइरालालगायत नेता उपस्थित थिए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया