देउवाको विकल्पमा साझा उम्मेदवार खोज्दै पौडेल पक्ष

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उम्मेदवार खोज्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहमतिमा पुगेको छ । काठमाडौँको गौशलास्थित अनुपम फुडल्याण्डमा सभापतिका आकांक्षीहरू जम्मा भई बैठकमा सबैलाई मान्य हुने उम्मेदवार चयन गर्न छलफललाई निरन्तरता दिने सहमति भएको बैठकमा सहभागी एक नेताले मेरोन्युजलाई जानकारी दिए ।
ती नेताका अनुसार आजको बैठकमा कसरी सबैलाई मान्य हुने साझा उम्मेदवार तय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । ‘सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरूले १४ औँ महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका हौँ,’ उनले मेरो न्युजसँग भने, ‘हाम्रो समूहबाट साझा उम्मेदवार बनाउन सके हामीले १४ औँ महाधिवेशन जित्छौँ ।’
उक्त सभापतिका आकांक्षीहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा शेखर कोइरालालगायत नेता उपस्थित थिए ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया