मन्त्रिपरिषदले चाँडो पूर्णता पाउँछ : डा महत

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।
सबै पार्टीहरूलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई भएको उनको भनाई छ । उनले कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए ।
नेता महतले भने, ‘सरकार कांग्रेसका शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ, चुनौतीहरू धेरै छन्, अवसर पनि छन्, यो चुनौतीलाई पार गर्न सक्यौँ भने ठूलो अवसर नेपाली कांग्रेसको अगाडि छ ।’
कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने उनले बताए । साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्न नहुने बताए ।
उनले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकाले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नु पर्ने धारणा राखे । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने बताए ।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया