माधव नेपाल भने- अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै सहमतिमा मुख्यमन्त्री भएको बताएका छन् । शाक्य आफ्नै सहमतिमा बाग्मती प्रदेशको मुख्यमन्त्री भएको भन्दै उनले तर अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने बताए ।
नेपालले नयाँ दल दर्ता गर्दै गर्दा शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री भनेकी थिइन् । तर, माधव नेपालले शाक्यले अब कुनै एकटा दल राज्नुपर्ने बताए ।
उनले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनु भएकै हो । तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’ राजनीतिक दलसम्बन्धी अध्यादेशले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने व्यवस्था गरेको छ । जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’
दल रोजाइबारे शाक्यको निर्णयका आधारमा प्रदेश सरकारलाई कसरी हेर्ने भनेर तय गरिने उनले बताए ।
प्रतिक्रिया