एमाले स्थायी कमिटी बैठकमा पूर्व माओवादी नेताहरु सहभागी (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ ८ गते १६:१५
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु उपस्थित भएका छन् । एमाले २०७५ जेठ २ को अवस्थामा फर्किए पनि उनीहरु बैठकमा सहभागी भएका हुन् ।
मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा उपस्थित भएका छन् । बैठकमा सहभागी पूर्व माओवादी नेताहरु तथा अहिलेका एमालेका स्थायी कमिटी सदस्यले तत्कालिन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभाको विगटन गर्दा उनीहरुले ओलीको साथ दिएका थिए ।
यस्तै गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई विभाजन गरी एमाले र माओवादीलाई २०७५ जेठ ३ को अवस्थामा फर्किउदा नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका थिए ।
जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया