तेस्रो धारका र पूर्व माओवादी नेताहरुसहितको एमाले बैठक सुरु

काठमाडौं । एमाले तेस्रो धारका र पूर्व माओवादी नेताहरुसहितको नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरू भएको छ ।
बैठकमा एमालेको ९औं महाधिवेशनबाट माधव कुमार नेपाललाई साथ दिदै आएका र नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरु पनि सहभागी भएका छन् । आजको बैठकले एमाले पाटी एकता कायम राख्न गठित १० सदस्य कार्यदलको १० बुँदे सहमति कार्यानवन गर्ने र पार्टीको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई सम्मबोधन गरी पार्टीको तर्फबाट अपिल जारी गर्ने बताइएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरुबीचको सहमति अनुसार पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । माधव नेपाल पक्षका नेता, तर पार्टी विभाजन गर्दा नेपालको साथ छाडेर एमालेमा रहेका नेताहरु पूर्व माओवादी नेताहरुलाई बैठकमा बोलाउने सहमति भएपछि उनीहरु पनि बैठकमा सहभागी भएका हुन् । २०७५ जेठ २ को अवसथामा बसेको एमाले बैठकले उनीहरुलाई स्थायी कमिटीमा मनोनित गर्ने बताइउको छ ।
एमाले तेस्रो धारका नेताहरु ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभाको विघटन गरेको र पार्टीलाई एकतर्फि चलाएको भन्दै ओलीको विरोध गर्दै आएका थिए भने पुर्व माओवादी नेताहरु प्रतिनिधि सभाको विघटन तथा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ को अवस्थामा फकाउदा पनि माओवादी केन्द्र छाडेर एमालेमा लागेका थिए ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया