तेस्रो धारका र पूर्व माओवादी नेताहरुसहितको एमाले बैठक सुरु
काठमाडौं । एमाले तेस्रो धारका र पूर्व माओवादी नेताहरुसहितको नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरू भएको छ ।
बैठकमा एमालेको ९औं महाधिवेशनबाट माधव कुमार नेपाललाई साथ दिदै आएका र नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरु पनि सहभागी भएका छन् । आजको बैठकले एमाले पाटी एकता कायम राख्न गठित १० सदस्य कार्यदलको १० बुँदे सहमति कार्यानवन गर्ने र पार्टीको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई सम्मबोधन गरी पार्टीको तर्फबाट अपिल जारी गर्ने बताइएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरुबीचको सहमति अनुसार पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । माधव नेपाल पक्षका नेता, तर पार्टी विभाजन गर्दा नेपालको साथ छाडेर एमालेमा रहेका नेताहरु पूर्व माओवादी नेताहरुलाई बैठकमा बोलाउने सहमति भएपछि उनीहरु पनि बैठकमा सहभागी भएका हुन् । २०७५ जेठ २ को अवसथामा बसेको एमाले बैठकले उनीहरुलाई स्थायी कमिटीमा मनोनित गर्ने बताइउको छ ।
एमाले तेस्रो धारका नेताहरु ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभाको विघटन गरेको र पार्टीलाई एकतर्फि चलाएको भन्दै ओलीको विरोध गर्दै आएका थिए भने पुर्व माओवादी नेताहरु प्रतिनिधि सभाको विघटन तथा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ को अवस्थामा फकाउदा पनि माओवादी केन्द्र छाडेर एमालेमा लागेका थिए ।
प्रतिक्रिया