शुक्रबार, पुष ४, २०८२

दाँत परीक्षणका लागि नेता सिंहले राेजे वीर अस्पताल

मेरोन्यूज २०७८ भदौ ८ गते १६:४३

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले वीर अस्पताल पुगेर दाँतको परीक्षण गराएका छन् ।

दाँत दुख्ने समस्या आएपछि नेता सिंह परीक्षणको लागि मंगलबार वीर अस्पताल पुगेका हुन् ।

दाँत दुख्ने समस्या देखिएपछि वीरमा परिक्षण गरेर आउँनु भएको र पुन एक – दुई दिनमा फ्लोपका लागि जानु हुने स्वकिय युपी लामिछानेले जानकारी दिए । अन्य नेताहरू स्वास्थ्य परीक्षण र उपचारका लागि निजी अस्पताल र विदेशमा जाने गरेका छन् ।

नेता सिंहले वीरमा आएर उपचार गराउँदा चिकित्सक र स्वास्थ्यकर्मीकोसमेत मनोबल बढेको वीरका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया