नेप्सेका प्रमुख साउदले दिनुपर्यो राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । मंगलबार अर्थ मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा दिएपछि उनले पत्रकार सम्मेलन गर्दै सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले अध्ययन र अनुसन्धानलाई सहज बनाउनलाई आफूले पदबाट राजिनामा दिएको जानकारी दिए ।
पत्रकार सम्मेलन गर्नु अगाडी साउदले नेप्सेका अध्यक्षसमेत रहेका अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सह–सचिव दीर्घराज मैनाली समक्ष राजिनामा पत्र बुझाएका हुन् ।
साउदले कार्यकाल सकिन करिब ५ हप्ता मात्र बाँकि रहदा पदबाट राजिनामा दिएको धितोपत्र बोर्डले जनाएको छ । उनको कार्यकाल आगामी असोज २२ सम्म थियो । साउदले आफुले नैतिकताको आधारमा मात्र पदबाट राजिनामा दिएको बताए ।
यसअघि साउँदलाई अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटीसीमाध्यमबाट शेयर खरिद गरेको विषयमा स्पष्टिकरण सोधेको थियो । उक्त विषयमा छानबिनका लागि समेत अर्थ मन्त्रालयले समिति गठन गरेको थियो ।










नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
नेपाल–भारत सीमा नाकामा आउजाउ सुरु
प्रतिक्रिया