नेप्सेका प्रमुख साउदले दिनुपर्यो राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । मंगलबार अर्थ मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा दिएपछि उनले पत्रकार सम्मेलन गर्दै सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले अध्ययन र अनुसन्धानलाई सहज बनाउनलाई आफूले पदबाट राजिनामा दिएको जानकारी दिए ।
पत्रकार सम्मेलन गर्नु अगाडी साउदले नेप्सेका अध्यक्षसमेत रहेका अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सह–सचिव दीर्घराज मैनाली समक्ष राजिनामा पत्र बुझाएका हुन् ।
साउदले कार्यकाल सकिन करिब ५ हप्ता मात्र बाँकि रहदा पदबाट राजिनामा दिएको धितोपत्र बोर्डले जनाएको छ । उनको कार्यकाल आगामी असोज २२ सम्म थियो । साउदले आफुले नैतिकताको आधारमा मात्र पदबाट राजिनामा दिएको बताए ।
यसअघि साउँदलाई अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटीसीमाध्यमबाट शेयर खरिद गरेको विषयमा स्पष्टिकरण सोधेको थियो । उक्त विषयमा छानबिनका लागि समेत अर्थ मन्त्रालयले समिति गठन गरेको थियो ।

















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया