गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

पोखरा । प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् ।
प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शैय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका अवस्थामा प्राप्त सहयोगको ठूलो महत्व हुने जनाउँदै सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई निर्देशन दिए ।
सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालन भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघसङ्स्थाको सहयोगमा कोभिड नियन्त्रण र रोकथामको काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले पूर्वमन्त्री दीपक बोहोरा र उनकी दिदी पूर्वस्वास्थ्य सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउँदै अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाइएको बताए ।
झण्डै पाँच करोड रुपैयाँका सामग्री चार्टर उडानमा नेपाल ल्याइएको र सातवटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया