नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौं । मंगलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कूल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरणसमेत ओरालो लागेको छ । नेप्सेका अनुसार कूल ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २९.४७, व्यापार ४१.१९, होटल तथा पर्यटन ५१.३१, विकास बैंक १६५.५९, जलविद्युत् १३.४, वित्त २१.२९, निर्जीवन बीमा ४२२.५३, उत्पादन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, जीवन बीमा ३५४.७४, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२२ विन्दुले ओरालो लागेका छन् ।
कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर ४८ करोड ७० लाख ६५ हजार २१८, अरुण भ्याली हाइड्रोपावर ४६ करोड ७१ लाख ११ हजार ३०७, नेशनल हाइड्रोपावर ३६ करोड २८ लाख १० हजार ४४१ र आइसिएफसी फाइनान्स ३५ करोड ९७ लाख ८० हजार २३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । माउण्टेन इनर्जी नेपाल ७.६९, दिव्यश्वरी हाइड्रोपावर ३।२६ र साधना लघुवित्तका लगानीकर्ताले २.७१ प्रतिशतले कमाए ।
यस्तै खानीखोला हाइड्रोपावर ९.९८, जानकारी फाइनान्स ६.०६, जनरल इन्स्योरेन्स कम्पनी ५.६९, नेपाल फाइनान्स ५.५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।

















मधेशमा सुरक्षा व्यवस्था कडा
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः ८ जनाको मृत्यु, थुप्रै घाइते
शाओमीको वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर खुला
8 killed in pro-Iran protest at US consulate in Pakistan’s Karachi
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया