आइतबार, माघ ६, २०८१

एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए मान्यता

मेरोन्यूज २०७८ भदौ ९ गते २१:३४

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले प्रमाण पत्र पाएका छन् । बुधबार उनीहरको सनाखत भएपछि निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिएको हो ।

Advertisement

आयोगले दुबै दललाई मान्यता दिएसँगै अब नेपालमा दुई राजनीति दल थपिएका छन् । नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी आयोगमा दर्ता भएका हुन् ।

दुबै दलको आज दिउँसो सनाखतको काम सकिएको थियो । आयोगले दलका प्रतिनिधिलाई दल दर्ता मान्यताको प्रमाणपत्र दिएको छ । सरकारले राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएपछि एमालेका माधव नेपाल र जसपाका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

प्रतिक्रिया