पार्टी विभाजन गर्नेले नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्से : पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माधव कुमार नेपालले मदन भण्डारीको जवजको सिद्धान्त मानेको आपत्ति जनाएका छन् ।
उनले समाजिक सञ्जालमा लेख्दै उनले जनताको जनताको वहुदलीय जनवादको सान्दर्भिकता सकियो भनेर पार्टीवाट वाहिरिनेहरुले नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्सेको आरोप लगाए ।
उनले लेखेका छन्, ‘जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामर्थ्य मात्रै राख्दैन, सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्य समेत राख्दछ । जवजको सान्दर्भिकता सकियो भनेर पार्टीवाट वाहिरिनेहरुले आफैले स्वामित्व लिएको नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्सेजस्तो छ । वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फाफरको खेतीगर्न खोज्नु जस्तै हो ।’
माधव कुमार नेपालको नयाँ दलले पनि जवज नै मान्य बताएको छ ।










४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया