आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १० गते बिहीबार, भाद्र कृष्णपक्षको चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । बोली प्रभाव बढ्ने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव उत्पन्न गर्ने छ ।
वृष
आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । रिस बढ्ने भएकाले संयमित रहनु होला ।
मिथुन
मनमा सकारात्मक भन्दा नकारात्मक विचार एकपछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । मनमा उदासिनताको मात्रा धेरै बढ्न जाने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ मनोबल उच्च हुने भएकाले कसैले हेप्न भने सक्ने छैनन् ।
कर्कट
भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखाले समस्याहरु देखा पर्न थाल्ने छ । पेशागत जीवन तथा ब्यवसायमा अबरोधहरु धेरै देखिने छ । दाम्पत्य जीवनमा पनि ससाना विषयले चर्काे रुप धारण गर्ने छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ ।
सिंह
भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै नकारात्मक परिस्थिति भने आउने छैन् । मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुन पुग्ने छ । मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ ।
कन्या
भौतिक रुपमा भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले संयमित भएर पाइला चाल्नु होला । पेशागत जीवनमा स–साना समस्यासँग जुध्नु पर्ने भएता पनि आम्दानीमा बृद्धि हुने छ ।साझेदारीका कामहरुमा बादबिबाद देखा पर्ने र मतभेद हुने छ ।
तुला
यसअघि आफैले कमाएर राखेको र पैतृक सम्पत्ति वा विरासतले असहज अवस्थालाई सम्बोधन गर्न मद्दत पु¥याउने छ । आत्माबलमा कमि आउँदा मनमा डर लागे जस्तो हुने छ । आम्दानीमा कमि आउँदा आर्थिक सन्तुलनमा परिवर्तन आउँदा त्यसको प्रभावले जीवनप्रति नकारात्मक भावना बृद्धि गराई दिने छ ।
वृश्चिक
भाग्यको साथ कम हुने भएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने छ । जीवनप्रतिको उत्साहमा कमि आउने छ । मनमा निराशाजनक भावले सताउने थाल्ने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ ।
धनु
पेशागत जीवनमा पनि बादबिबाद वा द्वन्द देखा पर्न जाने भएकाले संयमित रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने भएकाले अप्ठ्यारो परिस्थितिमा पनि धैर्य भएर सामना गर्ने तागत भने प्राप्त हुने छ । बोलीमा सितलता देखा परेता पनि बेला बेला अनपेक्षित कडा हुन पुग्दा विषयवस्तु बिग्रन पुग्ने भएकाले सतर्क रहनु होला ।
मकर
पेशागत जीवन औसत खालको रहने छ । कडा खाले ब्यक्तित्व हुन पुग्ने छ । ब्यक्तित्व र आफ्नो मनका बीच तालमेल नमिल्दा असामञ्जस्य हुन पुग्ने छ । पारीवारिक जीवनमा केही कटुताको भाव पैदा हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी सक्रिय हुने छ ।
कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ ।सामाजिक जीवनमा राम्रो काम गरे पनि उचित मुल्यांकन हुने छैन् । मनमा निराशाको भाव देखा पर्न जाने भएकाले उत्साहको कमि हुने छ । पेशागत जीवनमा निराशाजनक विचार मनमा आउने भएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ ।
मीन
कमाई गर्नु पर्दछ भन्ने विचारले प्रश्रय पाउने समय सक्रिय छ । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा काममा सफलता मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै गर्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया