आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १० गते बिहीबार, भाद्र कृष्णपक्षको चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । बोली प्रभाव बढ्ने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव उत्पन्न गर्ने छ ।
वृष
आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । रिस बढ्ने भएकाले संयमित रहनु होला ।
मिथुन
मनमा सकारात्मक भन्दा नकारात्मक विचार एकपछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । मनमा उदासिनताको मात्रा धेरै बढ्न जाने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ मनोबल उच्च हुने भएकाले कसैले हेप्न भने सक्ने छैनन् ।
कर्कट
भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखाले समस्याहरु देखा पर्न थाल्ने छ । पेशागत जीवन तथा ब्यवसायमा अबरोधहरु धेरै देखिने छ । दाम्पत्य जीवनमा पनि ससाना विषयले चर्काे रुप धारण गर्ने छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ ।
सिंह
भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै नकारात्मक परिस्थिति भने आउने छैन् । मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुन पुग्ने छ । मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ ।
कन्या
भौतिक रुपमा भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले संयमित भएर पाइला चाल्नु होला । पेशागत जीवनमा स–साना समस्यासँग जुध्नु पर्ने भएता पनि आम्दानीमा बृद्धि हुने छ ।साझेदारीका कामहरुमा बादबिबाद देखा पर्ने र मतभेद हुने छ ।
तुला
यसअघि आफैले कमाएर राखेको र पैतृक सम्पत्ति वा विरासतले असहज अवस्थालाई सम्बोधन गर्न मद्दत पु¥याउने छ । आत्माबलमा कमि आउँदा मनमा डर लागे जस्तो हुने छ । आम्दानीमा कमि आउँदा आर्थिक सन्तुलनमा परिवर्तन आउँदा त्यसको प्रभावले जीवनप्रति नकारात्मक भावना बृद्धि गराई दिने छ ।
वृश्चिक
भाग्यको साथ कम हुने भएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने छ । जीवनप्रतिको उत्साहमा कमि आउने छ । मनमा निराशाजनक भावले सताउने थाल्ने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ ।
धनु
पेशागत जीवनमा पनि बादबिबाद वा द्वन्द देखा पर्न जाने भएकाले संयमित रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने भएकाले अप्ठ्यारो परिस्थितिमा पनि धैर्य भएर सामना गर्ने तागत भने प्राप्त हुने छ । बोलीमा सितलता देखा परेता पनि बेला बेला अनपेक्षित कडा हुन पुग्दा विषयवस्तु बिग्रन पुग्ने भएकाले सतर्क रहनु होला ।
मकर
पेशागत जीवन औसत खालको रहने छ । कडा खाले ब्यक्तित्व हुन पुग्ने छ । ब्यक्तित्व र आफ्नो मनका बीच तालमेल नमिल्दा असामञ्जस्य हुन पुग्ने छ । पारीवारिक जीवनमा केही कटुताको भाव पैदा हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी सक्रिय हुने छ ।
कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ ।सामाजिक जीवनमा राम्रो काम गरे पनि उचित मुल्यांकन हुने छैन् । मनमा निराशाको भाव देखा पर्न जाने भएकाले उत्साहको कमि हुने छ । पेशागत जीवनमा निराशाजनक विचार मनमा आउने भएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ ।
मीन
कमाई गर्नु पर्दछ भन्ने विचारले प्रश्रय पाउने समय सक्रिय छ । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा काममा सफलता मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै गर्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया